बन्दना पाण्डेय
बुटवल : आज दिन एस्तो आएको छ घरबाट एक पाइला कदम चाल्न मन डराउने गर्छ । एक छाक खानको लागी आज सरकारको मुख ताक्नु पर्ने दिन आएको छ ।
आज बिश्व नै घरको चार दिवारमा कैद भएर बसिरहेका छन । गिट्टी कुटेर जिवन चलाउने देखी सरकारको कुर्सी मा बस्ने माहामहिमहरुको जिवन आज जटिल बन्दै गहिरहेको छ।
जटिलता संगै आफ्नो निभेको चुलो बाल्न सरकारको मुख हेर्ने परिवारहरुको अबस्था आज दयनीय बन्दै गहिरहेको देखिन्छ । विभिन्न ठाँउमा दिनहु राहतकोष खडा भइरहेका छन गाउका आमा समुह ,उपभोक्ता समुह , क्लबहरु ,सामाजिक सस्था, सरकारी कर्मचारी तथा प्रदेश र केन्द्रिय सरकार का महामहिमहरुले विभिन्न तरिकाले राहत दिने घोषणा गर्नुका साथै गरिएको पनि देखिन्छ ।
तर, राहतको नाममा कुहिएको सामान दिनु , राहतको नाममा ५ किलो चामल र दाल दिनको लागी क्यामेरा बोकेर हिड्नु भोको पेट भर्न राहत स्थलमा जादा परिचयपत्र वा नागरिता देखाउनु पर्ने । अपांग भएकै कारणले राहत को लागी खुम्चिएर बस्नु पर्ने । अब भोको पेट भर्नको लागी अपिल गर्दापनि बेवास्ता हुनुपर्छ भने मेरो सरकार र हामी मानबमा रहेको मानबताकोअर्थ के नै देखियो र । जव आफुसंग भएको कुराहरले कसैको अनुहारमा खुशीको ल्याउन सक्दैनौं भने समाजमा बसेर समाजको दु:ख – सुखमा काम लाग्दैनौ भने हामी समाज बसेको अर्थ नै के छर।
घर-घरमा आएर उठाएको राहतले नै जब एउटा भोको घरको भोकलाई मेट्न सक्दैन ।
एउटा कोठा बस्ने एक महिलगेको राहत नाको सुत्केरी आमालाइ खान छैन । सानो तिनको काम गरेर जिवन धान्नेलाइ आज कोसैको आशमा बस्नु बाहेक कुनै उपाए छैन ।
आज सयौं संख्या मा पैदल यात्रामा भोको पेट लिएर आफ्नो गाउँ जान बाध्य छ्न ।
साच्चिकै मानवता मनमा छ भने एदि सहयोगको भावना निस्वार्थ छ भने । निस्वार्थ मनले सहयोग गर्नुपर्छ। राहतकोषमा रहेको रकम विभिन्न समाचार जसरी सूनिन्छ त्यसरी नै रकमको सदुपयोग भएको समाचार देखिनुपर्छ । भ्रष्टाचार को लागी त फेरि मौका पाउछौ माहामहि अहिले दुखी जनता को पेट भर्न लागी पर । आजको समयमा एक ले अर्काको भावना बुझ्ने प्रयास गर ।
सहयोगी मनहरुले सहयोगको भावनालाइ पीडित परिवार सम्म पुर्याओस । अबस्था हेरेर दिने राहत लाइ प्रभावकारी अझै धेरै प्रभावकारी बनोस । भोलिको दिनमा भोको पेटको कारणले कुनै नेपालीको जिवन नजाओस् ।