अन्तिम मुग़ल वादशाह बहादुर शाह जफ्फ़र

जागरणपोस्ट ३ चैत्र २०७५, आईतवार १५:०४

जिवा लामिछाने –

मुगल बंशका सत्रौं र अन्तिम वादशाह बहादुर शाह जफ्फ़र जमानाका सिद्धस्त उर्दु कवि थिए । प्रख्यात कवी मिर्जा गालिव उनका समकालीन थिए र मुगल दरवारमा उनको ठुलो इज़्ज़त थियो । बहादुर शाह जफ्फरका कतिपय गीत-गजलहरु हिन्दी सिनेमा पनि गाइएका छन् !

अकवर शाह द्वितीय र हिन्दु आंमावाट जन्मेका यी राजा आफ्ना पूर्वजहरुको तुलनमा धर्म निरपेक्ष मुगल वादशाहका रुपमा गनिन्छन । हिन्दू-मुस्लिम एकताका लागि उनले राज्यमा गो-हत्या प्रतिबन्ध गरेका थिए ।

सन् १८३७ मा उनी बादशाह हुँदा शक्तिशाली मुगल साम्राज्य निक्कै कमजोर भइसकेको थियो । इस्ट इण्डिया कम्पनीले उनलाई दिल्लीको लाल किल्लामा सिमित गरीसकेको थियो । शान्त स्वभाव र ढल्किँदो उमेरका कारण ब्रिटिश साम्राज्य बिरुद्ध लड्ने उनको कुनै योजना थिएन । मेरठको सैनिक टुकडीले बिद्रोह गरेर उनलाई क्रान्तीको नेतृत्व लिन अनुरोध गरेपछी ८२ वर्षको उमेरमा उनी त्यसका लागि तयार भए ।

शक्तिशाली ब्रिटिश फ़ौज जंग बहादुर राणा समेतको सहयोगमा बिद्रोही आन्दोलनलाई दमन गर्न सफल भयो । १६ राजकुमार मध्ये विद्रोही आन्दोलनमा वाचेका २ राजकुमार, रानी जीनत महल सहित बहादुर शाह जफ्फरलाई बर्मामा नजरबन्द गरियो । ५ वर्षसम्म गरिवी, अभाव र रोगसंग लड्दै ८७ बर्षको उमेरमा सन १८६२ मा रंगुनमा उनको निधन भयो ।

नजरवन्दका अन्तिम दिनहरुमा उनले रचेका गजलका यी पंक्तिहरु निक्कै मार्मिक छन् ।

लगता नहीं है जी मेरा उजड़े दयार में !

उम्र-ए-दराज़ माँगके लाए थे चार दिन
दो आरज़ू में कट गए, दो इन्तज़ार में !

कितना है बदनसीब “ज़फ़र″ दफ़्न के लिए
दो गज़ ज़मीन भी न मिली कू-ए-यार में !

I asked for a long life but received only four days
Two were passed in desire and two in waiting

How unfortunate Zafar is ! For his burial
not even two yards of land was available, in the land he loved!

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८