एजेन्सी : महामारीको रुपमा विश्वभर फैलिरहेको कारोना भाइरसको सङक्रमणबाट हाल सम्म १ लाख ४५ हजारको मृत्यु भएको छ ।
कोरोनाका कारण अहिलेसम्म १ लाख ४५ हजार ४ सय बढीको मृत्यु भएको छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या करिब २२ लाख पुगेको छ । संक्रमितमध्ये हालसम्म ५ लाख ४७ हजार १ सय ५५ जना उपचारपछि निको भइ घर फर्केका छन् ।
कोरोनाले सबैभन्दा धेरै अमेरिकामा ३४ हजार ५ सय बढीको ज्यान गएको छ । इटालीमा २२ हजार १७०, फ्रान्समा १७ हजार ९२०, स्पेनमा १९ हजार ३१५, बेलायतमा १३ हजार ७२९ जनाको कोरोनाको कारण ज्यान गइसकेको छ ।