बाढीमा परी ६३ को मृत्यु

जागरणपोस्ट ३ चैत्र २०७५, आईतवार १५:४८

जाकार्ता – इन्डोनेशियामा शनिबार राति आएको बाढी पहिरोमा परी कम्तीमा ६३ जनाको मृत्यु भएको छ। बाढीपहिरोमा कैयौँ बेपत्ता भएका र खोजी कार्य जारी रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीले बताएका छन्।

देशको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा घटना भएको खोजी तथा उद्धार कार्यालयका प्रान्तीय प्रवक्ताले आइतबार जानकारी दिएका छन्। अत्यधिक वर्षाका कारण जिल्लाका धेरै ठाउँमा प्राकृतिक प्रकोपका घटना भएको जनाइएको छ।

प्रकोपबाट २१ जना गम्भीर घाइते भएका छन् भने१८ जना सामान्य घाइते भएका प्रान्तीय प्रकोप व्यवस्थापन निकायको आपत्कालीन एकाइका प्रमुख कोरी सिम्बोलोनले जानकारी दिए। ‘दर्जनौं अझै पनि बेपत्ता रहेका छन्, स्थानीय समयानुसार बेलुका ६ बजे बाढी आएको थियो’, उनले भने।

बाढीबाट प्रभावित भएकाहरूमध्ये ३ हजारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उनले जानकारी दिए। बाढीले दर्जनौँ घर, पुल, सडकलगायतका भौतिक संरचनामा पनि क्षति पुर्या‍एको सिम्बोलोनले बताए। घटनाबाट प्रभावितलाई खोजी तथा उद्धार र राहत वितरण कार्य भइरहेको अधिकारीले जनाएका छन।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६