गरिबलाई कुहिएको चामल बितरण गर्ने मेयर पक्राऊ

जागरणपोस्ट ९ बैशाख २०७७, मंगलवार १४:४१

कलैया उपमहानगरपालिकाका मेयर राजेश रायलाई प्रहरीले पक्राउ गरेको छ । अति विपन्न परिवारलाई राहतको नाममा कुहिएको सामग्री वितरण गरेपछि कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय पक्राउ परेका हुन ।

यस अघि ६ जना वडा अध्यक्षसहित ८ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । सरकारले तोकेको मापदण्ड विपरीत कुहिएको दाल वितरण गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । वितरित दाल चार वर्ष पुरानो रहेको र सो दाल मेयर रायको संलग्नतामा बिक्री गरेको पाइएपछि मेयर रायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरी नायब उपरिक्षक गौतम मिश्रले कुहिएको दाल बिक्री र बितरणको सम्बन्धमा अनुसन्धानको लागि मेयर लाई नियन्त्रणमा लिएको बताउनु भयो । यस अघि प्रहरीले कलैया–१ का वडाध्यक्ष हरिओम साह, वडा नं. ७ का अध्यक्ष सर्फुल्लाह अन्सारी, कलैया–२० का वडा सचिव खेदु मियाँसँगै कलैया–७ स्थित यादव आइस एन्ड कोल्डस्टोरका कर्मचारी कृष्णप्रसाद यादव र वीरगन्जस्थित धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैनलाई नियन्त्रणमा लिइएको थियो ।

कलैया उपमहानगरपालिका ७ मा रहेको यादव आइस एन्ड कोल्ड स्टोरमा रहेको गुणस्तरहीन ३२ हजार किलो दाल प्रहरीले दुई पटक गरी सिल गरिसकेको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाईदिने `धन्दा´ नै चलाएर मोटो रकम असुल्दै आएका नेपालका हाईप्रोफाईल नेतादेखि कर्मचारीसम्म एकाएक मुछिएर आएपछि नेपालको राजनीति मात्र तरंगित बनेको

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८