१६ बर्षिया किशोरी नोवेल मनोनयनको छनौटमा

जागरणपोस्ट ४ चैत्र २०७५, सोमबार ०८:२२

युवालाई जलवायु परिवर्तनबारे आवाज उठाउन पहल गर्ने स्वीडेनकी वातावरण अभियन्ता किशोरी नोबेल शान्ति पुरस्कारका लागि मनोनयनमा परेकी छन् । १६ वर्षीया ग्रेटा थनबर्गलाई नर्वेका तीन कानुनविद्ले नोबेल पुरस्कारका लागि छनोट गरेका हुन् ।

उनले जलवायु परिवर्तनका सवालमा हजारौँ विद्यार्थीलाई स्कुल छाडेर यस विषयमा आवाज उराल्न प्रोत्साहन गर्दै आएकी छन् । यसको प्रभाव स्वीडेनमा मात्रै नभएर युरोपभरि पर्दैछ । उनकै पहलमा हजारौँ युवा जलवायु विषयमा आन्दोलनमा होमिएका छन् ।

नर्वेली एक सांसदले भनेका छन्, ‘हामीले ग्रेटालाई मनोनीत यसकारण गरेका हौँ कि जलवायुको चुनौती युद्ध र संघर्षका प्रमुख कारणसमेत बन्न सक्छ ।’ ग्रेटा सन् २०१८ मा टाइम म्यागजिनको प्रभावशाली किशोरीको सूचीमा समेत समेटिएकी थिइन् ।

नर्वेली नोबेल कमिटीले सार्वजनिक रुपमा केही सूचना नदिए पनि उनीहरुले ग्रेटाको नाम नोबेल पुरस्कार मनोनयनका लागि १ फेब्रुअरीमै पठाएको सञ्चार माध्यमले उल्लेख गरेका छन् । ग्रेटाले पुरस्कार हात पारिन् भने सबैभन्दा कान्छी नोबेल विजेता मलालाको कीर्तिमान् तोडिनेछ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८