एनआरएनए भाषा ,साहित्य संस्कृति तथा सम्पदा प्रबर्द्धन समितिको पहिलो बैठक सम्पन्न

जागरणपोस्ट १० बैशाख २०७७, बुधबार १४:३०

एनआरएनए भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रबर्द्धन समितिको पहिलो अनलाइन बैठक सम्पन्न भएको छ। समितिका अध्यक्ष हिक्मत थापाको अध्यक्षतामा सम्पन्न उक्त बैठकको प्रारम्भमा अहिले महामारिका रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ को चपेटामा परेर ज्यान गुमाउनु भएका गैरआवासिय नेपालीहरुप्रति श्रद्धान्जली ब्यक्त गर्दै देश र परदेशमा उपचाररत बिरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै संकटको घडीमा सहयोग,उद्दार,उपचार र राहतमा खटिने सबैमा सम्मान सहित धन्यवाद ब्यक्त गरिएको थियो।

समितिले प्रवासमा नेपाली भाषा र साहित्य प्रबर्द्धन गर्न नेपाल प्रज्ञा प्रतिष्ठानसङ्ग गर्दै आएको सहकार्यलाई अगाडि बढाउदै जाने र पहिलो चरणमा प्रवासी नेपाली लेखकहरुका सस्मरण/नियात्रा संग्रह र गजल संग्रह गरि दुइवटा संग्रह प्रकाशन गर्ने निर्णय गरेको छ। त्यसै गरि गैरआवासिय नेपाली लेखकहरुको डायरेक्टरी (अभिलेख संग्रह) तयार पार्ने, गैरआवासीय नेपाली साहित्य पुरस्कार कोष स्थापना गर्न छलफल अगाडि बढाउने, समितिको प्रकाशन र कार्यक्रमको कार्य तालिका तयार गर्ने, अनलाइन साहित्यक कार्यक्रम सन्चालन गर्ने लगाएत निर्णय गरेको छ।

उक्त अनलाइन बैठकमा समितिका सस्थापक एब गैरआवासिय नेपाली संघका पूर्वअध्यक्ष जिवा लामिछाने (जर्मनी),अश्विनी कोइराला (नेपाल),
निलम कार्की निहारिका (अमेरिका), रमेश पौडेल (नेपाल), हिक्मत थापा (नाइजेरिया), महेश्वर पन्त (अमेरिका),रमेश कंडेल (युगान्डा),बेलुकाजी थापा (जापान), हरि पौडेल (नेदरल्यान्ड),
निश्चल पिएस लिम्बू (युएई), भगवती बस्नेत (नेपाल),गोबिन्द प्रसाद गौतम (रसिया),विकास बिष्ट (अमेरिका), गौतम दाहाल (अमेरिका), गोबिन्द गिरि प्रेरणा (अमेरिका), जितेन्द्र मल्ल (अस्ट्रेलिया),कपिल अधिकारी (अमेरिका), कृष्ण कुसुम (अमेरिका),
नृपेश उप्रेति (युके),सजय शान्ति सुबेदी (न्युजिल्यान्ड),सर्वज्ञ वाग्ले (अमेरिका),सुनिल संगम (पोर्चुगल)
तिर्थ सङ्गम राई (कतार),कृष्ण लामिछाने (अमेरिका) र आरके सुवेदी (नेदरल्यान्ड)को उपस्थिति रहेको थियो ।

उक्त बैठकमा वरिष्ठ सल्लाहकार तथा एनआरएनएका पुर्व अध्यक्ष जिवा लामिछानेले समितिले काम अगाडि बढाउन आफ्नो कोष स्थापना गर्नु पर्ने प्रस्ताव गर्दै यस समितिको कोष तयार गर्न रु एक लाख सहयोग दिने घोषणा गर्नु भएको थियो भने, अध्यक्ष हिक्मत थापाले उहाँलाई धन्यवाद व्यक्त गर्दै रु.५० हजार आफनो तर्फबाट घोषणा गर्दै कोष बिस्तार र स्थापनाको कार्य पनि अगाडि बढाइने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८