धिरज आरसी
ति गरिब जनताहरु देश छोडेर कामको खोजिको सिलसिलामा दोर्सो मुलुकमा जान बाध्य छन ।
भारत जानु रहरले होईन बाध्यताले हो, खुसीले हैन पापी पेटले हो, हामी जस्ता लाखौ बिदेशीएका छन परिस्थितिको भूमरीमा मडारीएका छौ लम्केको जिन्दगी कहाँ निर गएर ठोकिन्छ थाहा हुदैन । ति गरिबहरु अब आफ्नो ठाउमा मर्नु छ आफ्नो ठाउमा बाच्नुछ भनेर हजारौ मजदुरहरु बाटो तताए । टनकपुरको ढोका त्यति अप्ठ्यारो कसरि भयो ? महाकाली त्यति निष्ठुरी कसरी भयो ? आफ्नो देश फर्कनको लागि किन बाटाहरु बन्द भयो के मजदुरको कुनै देश छैन । कुनै पहिचान छैन, मात्र सर्बहारालाई सुकुम्बासी बनाई दियो यहि महामारीले सबैलाई पिडित बनाई दियो मजदुरहरुलाई बस त्यहि कारण थियो ।
(Covid 19)
चिनबाट फैलिएको यो महामारी कोरोना भाइरस अहिले बिस्व भरि फैलिएको अवस्थामा भाइरस बाट ज्यान गुमाउनेको संख्या दिन दिनै बढ्दो छ । यस संकटको घडीमा एकले अर्कोलाई सहयोगको भावना बनाउन आबस्यकता पर्दछ अहिले बिस्व लक डाउनमा रहदा बिस्वका ति रोडहरु गाडीका सुनसान भएता पनि गरिबका लागि रोड सुनसान छैनन ।
बिस्वका धेरै देशहरु मा आफ्ना नागरिकहरु घर घरमा गएर ।
आवस्यक सामानहरु (राहत) वितरण गरिरहेको छ, गास बास बास को ब्यबस्था गरेको देख्दा अचम्म लाग्दो छ । यहाँ आफ्नो देशका नागरिकहरुलाई सरकारले सहि ठाउँ मा ब्यबस्था गर्न सकिरहेको छैन । हाम्रो सरकारले रोडमा हिडिरहेका गरिबि जनताहरु किन चिन्दैन यहि छ अचम्म छ हाम्रो देशमा ज्याला मजदुरी गरेर आफ्नो जीवन चलाउनेहरुको संख्या धेरै छ यस अवस्थामा हाम्रो सरकारले समयमा गरिबहरुलाई ध्यान नदिदा अहिले जनताहरु रोडमा बास भईरहेको छ । आखिर ति जनताहरु नेपालकै हुन् । हाम्रो नेपाल यस्तो देश हो जहाँ हावा पानी सुन्दर बाताबरण छ यहाँ धेरै धर्म जात जाति हरु बस्छन र यहाँ को भूगोल पनि धेरै राम्रो छ बिरगोर्खालिले आफ्नो इतिहास रचेको पनि यहि देश हो । यहाँको वातावरणले जनतालाई जहिले पनि नि:स्वार्थीरुपमा साथ र सहयोग गरिरहेको छ । जल शोरथा को धनि भयता पनि, यहिका जनताहरु गरिबीका कारण बिदेशीनु बाध्यता छन् । ति नै जनताहरु हुन् हाम्रो देशका नेताहरु लाई जिम्बेवारी पदमा पठाउने पनि ति नै गरिबी जनताहरु हुन् जब चुनाब आउन थाल्छ तब ति सोझा जनताहरु लाई आसा देखाएर प्रलोभनमा पारेर आफ्नो स्वार्थी पुरा मात्र भयको देखिन्छ । चुनाब मा गरेको ति मिठा सब्द बाचा बन्दन त्यहाका जनताहरु कहिले पनि बिर्सिने छैन् चुनाब जितेर सरकारमा जान्छन नियम कानुन बनाउने ठाउँमा जान्छन, मन्त्रीसम्म पनि हुन्छन जब हाम्रो नेपालमा दुख:कष्ट संकट आइपर्छ ।
तब थाहा हुन्छ कि हाम्रा नेपालका नेताहरु कस्ता छन कति निस्ठुरी छन आखिर किन बुज्दैन सरकार खाना नपाएर लाउन नपाएर हिडिरहेका हुन्छन ति गरिब जनता को माग अब कसले बुझला? कठै मेरो देशका गरिब जनताहरु ! कि खान कि घर जान देउ सरकार हामीलाई सारै दुख भयो हामी मर्न थालीसकिम सरकार भनेर रोइ रहेका छन आम जनताहरु गरिबीको कारणले नेपाल भरी आफ्नो पसिना बगाई रहेका छन । देश विकास बनाउन पनि मजदुरको ठुलो हात हुन्छ । दिन भरी काम गरेर खाना नपुग्ने जनता धेरै छन यो महामारी को कारणले यहिल ज्याला मजदुर गरि खाने लाई कति धेरै गारो भईरहेको छ ! ति मजदुर हरु लाई मालिकहरुले अलपत्र परेका छन, यहाँ खै सरकार बोलेको ? आखिर किन बोल्दैन ? के कमनिस्टको राज्यमा जनताको आवाज कसैले सुन्दैन त ? के यहि हो कमनिस्ट सरकार. दिन भरि काम गर्दा पनि साहु अथवा मालिकले आफ्नो पैसा दिदैन ति मजदुरहरुलाई खाना र बस्नको व्यवस्था पनि गर्न सकेको छैन हाम्रो देश गरिबी को चपेटा मा परेको यो देश मा गरिब कति छन । को कस्तो अवस्था छ भनेर पनि सरकार संग कुनै डाटा छैन ।
आफ्नो परिवार सुख दुख संग आफ्नो जीवन चलाउन सहर पसेको मजदुरलाई अन्याय मा परेका को बेला खै मजदुर संगठन समिति कहाँ छ किन बोल्दैन किन चुप लागेको छ । सरकारले कारबाही गर्ने त के धम्कि समेत दिन सक्दैन ।
कोरोना भाइरसले मजदुरलाई अलपत्र परेकोछ हामीले सबैले मनाउदै आयको मजदुर दिवस आजका नारा हरु खै गरिब मजदुर लागि किन बोल्न सक्दैन कहाँ हराको संगठन आन्दोलन गर्दा कार्यक्रम मात्र काम लाग्ने जनता हुन् त अनि मानब अधिकार खै ?
गरिब जनता लाई सरकारले छिटो भन्दा छिटो सहयोग गरियोस नत्र ति भोका जनता को तिमिजस्ता सरकार मा बसेका हरु लाई पाप लाग्छ, सकारात्मक भाबना गरौ यति खेर मानबिया समबेदना लाई भुल्नु हुन्न ।