रोट्र्याक्ट क्लवद्वारा तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न

जागरणपोस्ट १२ बैशाख २०७७, शुक्रबार १९:०७

मदन शर्मा
बुटवल : लकडाउनको समयलाई सदुपयोग गर्दै रोट्र्याक्ट क्लव अफ कावासोतीले एक दिवसिय तनाव व्यवस्थापन कार्यक्रम आज सम्पन्न गरेको छ ।

विगत एक महिना देखि निरन्तर चलिरहेको लकडाउनका कारण कामकाजमा व्यस्त रहने मानीसमा घरभित्र बसिरहँदा शारिरीक, मानसिक एवं भावनात्मक तनाव सृजना हुने तथा पछिल्लो समयमा महामारीको रुपमा रहेको कोरोना भाईरसको बारेमा सचेतना प्रदान गर्ने उधेस्यका साथ क्लवले निशुल्क तनाव व्यवस्थापन कार्यक्रम(Stress Management Program)को आयोजना गरेको थियो ।

विभिन्न सामाजीक तथा आत्मानुसाशनात्मक कार्यक्रमका लागि परिचीत संस्था आर्ट अफ लिभिङ्गको सहकार्यमा गरिएको उक्त कार्यक्रममा सामाजीक दुरीको पालना गर्दै ईन्टरनेटको माध्यमबाट जुम एप्लीकेशनको प्रयोग गरिएको कर्यक्रम संयोजक एवं रोट्र्याक्ट क्लव अफ कावासोतीका सामुदायिक सेवा निर्देशक बुलेट सिग्देलले जानकारी दिनुभयो ।

करिब २ घन्टाका लागी सन्चालन भएको उक्त कार्यक्रमको सहजीकरण आर्ट अफ लिभिङ्गको नेपालका लागि प्रशिक्षक काव्य लम्सालले गर्नुभएको थियो भने पुर्वी नवलपरासीको कावासोतीमा रहेको जीवन सिटी हस्पिटलका सन्चालक डा. जीवन सापकोटाले कोरोना भाईरसको बारेमा विविध जानकारी गराऊनुभएको थियो ।

सो कार्यक्रममा देश तथा विदेशका गरी करिव १ सय ५० जनाको सहभागीता रहेको थियो । आज सम्पन्न कर्यक्रम प्रभावकारी भएको र आगामी दिनहरुमा थप येस्तै चेतनामुलक कर्यक्रमको लागी हौसला प्राप्त भएको संयोजक सिग्देलको भनाई छ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८