झविन्द्र देवकोटा
बुटवल । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियसन नेपाल (नेशनल प्याब्सन) रुपन्देहीले कोरोना विपद् ब्यवस्थापनका लागि बुटवल उपमहानगरपालिकालाई राहत स्वरुप नगद सहयोग गरेको छ । एन प्याब्सनमा आवद्ध रहेका विद्यालयहरुको सहयोग र समन्वयमा बुटवल उपमहानगरपालिकालाई नगद एक लाख ६४ हजार बढी रकम सहयोग गरिएको हो ।
नगरप्रमुख शिवराज सुवेदी मार्फत सो रकम सहयोग गरिएको नेशनल प्याब्सनका जिल्ला सचिव बाबुराम बन्जाडेले जानकारी दिनुभयो । बन्जाडेका अनुसार स्कलर्स होम माविले २६ हजार १ सय ११, बुटवल ग्लोरीले २१ हजार, एचिभर्स एकेडेमीले २० हजार, अक्षर एकेडेमीले २० हजार र ग्लोरी बोर्डिङ्ग स्कुलले २० हजार, मुनाल बोर्डिङ्ग स्कुलले १५ हजार र श्रीसिद्धि चिल्डे«नले १५ हजार, मनासुलु बोर्डिङ्ग र एक्सिसले १०÷१० हजार तथा गुरुकुल एकेडेमिले ७ हजार गरि एक लाख ६४ हजार २ सय २२ रुपैया सहयोग गरेको नेशनल प्याब्सनका कोषाध्यक्ष अमरनाथ पाठकले जानकारी दिनुभयो ।
कोरोना संक्रमण र यसले निम्त्याएको जोखिमबाट प्रभावित परेकाहरुलाई केहिभएपनि राहत पुगोस भनेर केही नगरपालिकामा र केही विपद् ब्यवस्थापन कोषका लागि सहयोग गरिएको निवर्तमान अध्यक्ष देउप्रकाश राईले बताउनुभयो ।