बिरगन्ज : र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएकी युवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १० अशोकवाटिकाकी २३ वर्षिया युवती रहेकी छिन् । उनको ३ पटकसम्म गरिएको आरडिटी टेष्टमा कोरोना पोजेटिभ देखिएको थियो ।
आरडिटी टेष्ट गर्दा पोजिटिभ देखिएकी ती युवतीको आज विहान मृत्यु भएको जनाइएको छ । ती युवती ब्लड क्यान्सरले ग्रसीत थिइन्, चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार गराइरहेकी ती युवती एक महिनाअघि मात्र घर फर्किएकी थिइन् । घर बसिरहेकी उनलाई एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि हस्पिटल लगिएको थियो ।
तराई हस्पिटलमा आरडिटी टेष्ट गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । उनको ३ पटक सम्म आरडिटी टेष्ट गर्दा पनि पोजेटिभ देखिएको जनाइएको छ । उनको आइतवार बिहान तराइ हस्पिटलबाट नारायणी अस्पताल ल्याउने क्रममा मृत्यु भएको जनाइएको छ ।
उनको पीसीआर परीक्षणका लागि हेटौँडाको प्रयोगशालामा नमूना संकलन गरी पठाइएको जनाइएको छ । उनको मृत्यु भएसँगै परिवारका सबै सदस्यलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ ।