ब्रेकिङ न्युज:

मेरो जिवनकथा, बैशाख १२-२०७२

जागरणपोस्ट १४ बैशाख २०७७, आईतवार १३:२८

अस्मिना पाण्डे
यहि महिना वैशाख १२ गतेका दिन अन्धाधुन्ध गोलि प्रहार भए झै लाग्थ्यो । दुई चार दिन देखि आकाश धुम्म थियो घरी घाम लाग्थ्यो घरी बादल लाग्थ्यो । मैले सोचेकी थिए प्रकृतिले किन जिस्काइरहेको होला नभन्दै त्यस्तै भयो । जिन्दगी आफ्नै रफतारमा थियोे तर अनेक सपना बोकेर काठमाडौ जानेको भिड मध्यकि म पनि त्यही भुमरीमा थिए ।

जिन्दगीलाई सरल सहज सुखी खुशी बनाउने हरेक नागरिकको चाहना हुन्छ आफ्नो परिवारको साथमा रहेर सुखी जीवन जिउन कम्ती दु:ख गर्दैन मान्छे । त्यही सुखलाई पछ्याउँदै आफ्ना पौरखी हातहरु खियाउने तरखरमा थियो हाम्रो जोडि पनि । तर ती योजना र सपना एकै छिनमा खरानी भए ।

म र मेरो जिवनसाथी

बैशाख १२ सनिवार बिहान ! घरायसी काम सकियो हामी सितापाइलामा फ्लाट भाडामा लिएर बसेका थियौ । जीवनसाथी , साथमा सानो दुधे कलकलाउदो छोरा । दिनरात नभनी सघर्ष गरेको परिवारको दैनिकी राम्रै सङ चलेको थियो । स्वयम्भू नजिकै मनमोहन मेडिकल कलेज नजिकै रहेको सुपादेउराली लुम्बिनी भोजनालय नामको ब्यबसाय सुरु गरेको पूरा २ बर्ष पनि पुगेको थिएन । काठमाडौको ठाउँ नया ब्यबसाय धेरै चुनैती थिए तर पनि जेनतेन चलिरहेका थियौ । ६ जना स्टाफ अनि हामी दुई जना त्यही व्यबसायलाई मन्दिर ठानेर ग्राहकको सेवामा खटिन्थ्यौ ।

तर, त्यही मन्दिरलाई भुकम्पको धक्काले जमिन सङ मिलाइदियो । बिहानै देखिको धुम्म परेको आकाश चिसो मौसम । छोरालाई ज्याकेट लगाइदिए आफुले बाक्लो ट्प्समा सल लिए अब म होटलमा जाने तयारी गर्दै थिए मनमा के के हुदैछ जस्तो हुन्थ्यो मौसमले पनि केही अशुभ हुदैछ भन्ने संकेत गरेको थियो । आकाशमा कागहरु कराइरहेका थिए । मेरी आमाले भन्नुभएको मैले याद गरे धेरै बेर काग कराए भने अशुभ हुन्छ । मनमा अनेक कुरा खेलाउदै होटल तर्फ खान खान निस्किए म । ढोकामा साचो लगाए बाबुलाइ काखमा च्यापेर घरबाट करिब पाँच मिनेट लाग्ने होटल तर्फ लागे त्यस्तै ११ बजेको थियो जस्तो लाग्छ । होटलमा पुग्दा सनिवार भएको हुदा ग्राहक कम थिए नियमित खाना खानेहरु पनि अफिस बिदा भएको हुदा आएका थिएनन । स्टाफहरु खाना खादै थिए ।मेरो श्रीमान पनि खाना खादै हुनुहुन्थ्यो । होटलमा भित्र पस्नै लाग्दा तन्दुरी ढावा रोटी पकाउने भट्टी थ्यो त्यही नजिकै काउन्टर थियो । म पुगेर काउन्टरमा पर्स र मोबाइल राखे । अनि खाना खाने तयारीमा जुटे । ३ तल्लाको घर भुइँ तल्लामा हाम्रो होटल थियो माथी धेरै जसो कार्गो कम्पनीमा काम गर्नेहरु बस्नुहुन्थ्यो ।

सनिवार भएकाले घरमा बस्नेहरु सबै रमाइलो जमघटमा ब्यस्त हुन्थ्यै। । श्रीमानले खाना खाएर भ्याउनु म खाना खान बसे । वहाले भन्नू भो अस्मिना खाना खाउ काउन्टर हेर है म एक छिन माथी बस्छु साथीहरू सङ । मैले हस भन्दै मुन्टो हल्लाए । त्यतिकैमा पल्लो घरका पासाङ दाजु पनि आउनु भो साहु के छ भन्दै दुबै जना दोस्रो तलातिर लाग्नु भो । म खाना खादै थिए म नजिकै दोस्रो टेबुलमा काठमाडौकै एक क्याम्पसमा पढाउने शिक्षक पनि खाना खादै हुनुहुन्थ्यो अरु एक दुई जना रोटी खाने ग्राहक हुनुहुन्थ्यो । त्यत्तिकैमा एकाएक टेबल हल्लियो अनि मैले बाबुलाइ नचलन भने पछाडी बाट खाना खादै गर्नु भएको सरले भन्नू भो होईन भुकम्प आयो भागम भागम …. पृथ्वी एकाएक हल्लियो खुट्टाले टेक्न सकिएको थिएन । मैले बाबुलाइ च्याप्प काखमा च्यापे घाटीमा बेरेको सल निकाले बाबुको मुख छोपिदिए र घिर्सिदै नजिकै रहेको बाटोमा निस्किए । जमिन हल्किएको थियोे । एक्कासि चिच्याहट् सुरु भो । सब बाहिर निस्किए । हाम्रो होटलको हलमा भएका हामी सबै बाहिर आउन सफल भयौ । बचाउ , बचाउ , राम , राम जप्दै सबै भगवानलाई पुकार्न थाले मेरो त मुखबाट एउटा शब्द निस्किदैन बाहिर निस्किएर यसो माथी हेर्दा घर भत्किसकेको थियो ।हाम्रो होटल संगै रहेको अर्को ५ तलाको घरपनी भत्किएको थियो ।त्यतिबेला लागेको थियो सन्सार भासिएको होला पूरा बिश्व अब रहेनहोला । नजिकै रहेको हाइ वे मा बाइकहरु पल्टिएका थिए जमिन स्थिर थिएन । मानिसहरुको कोलाहल मच्चिएको थियो । मैले भने सारा बिश्व भ्रमण गरिसकेकि थिए आफ्नो जिन्दगी अब एक्लै जिउने बाचा गरिसकेकी थिए । गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर आएको भुइचालो बिस्तारै रोकियो । तर मेरो मन रोकिन सकेन कामदारहरु मेरो नजिकै थिए । मलाई समाइ रहेका थिए । म सङै रहेको बाबुलाइ हेरिरहेका थिए । म त्यही भत्किएको घर र जिवनसाथी खोजिररेकी थिए । घर भत्कियो भुइचालो कम हुँदै गयो मेरो मुटु गह्रौ हुँदै गयो । जिन्दगी एक्लै बिताउन सुरु गरिसकेकी थिए । भुकम्प गएको करिब ७,८ मिनेट भएको थियोे होला दोस्रो तल्लामा भएका कोहि झरेका थिएनन । माथिल्लो तलाका मानिसहरु पल्लो भत्किएकै घरको आडमा अडिएर बसेका थिए र भन्दै थिए हामीलाइ बचाउनुहोस। मानिसहरूको रुवाबासी भयो । भर्खरै बिबाह गरेका जोडी सङै अङ्गालोमा बेरिएका थिए तिनी पनि भगवानको प्यारा भए । केही मिनेट अगाडि पेप्सी पिएर दोश्रो तला उक्लिएका पासाङ दाइ कहिले नझर्ने गरि अस्ताएका थिए ।

भुकम्प गएपछिको हाम्रो होटल

म कल्पना पनि गर्न सकिरहेकी थिइन मेरो जिवनको । नजिकै शशस्त्र क्याम्प थियो।प्रहरी तुरुन्तै आयो मान्छेको नाम लिएर बोलाउन थाल्यो बाचेका बोले सन्सार छोड्नेले छोडिसकेका थिए । मैले पनि आशा मारिसकेकी थिए बोलाउदा नबोले पछि तर बसिरहेको पलङमा सुत्नु भएको रहेछ । कोहि भागेर तल झर्न खोजेछ्न बिममा परेछ्न थिचिएछ्न । वहाँ सुत्नु भएछ घरको पहिलो तला भासियो दोस्रो तला पल्लो घरमा आड लियो भाग्यले जता आड छ उतै वहाँ सुत्नु भएको रहेछ । दिउसोको समय भएपनि भित्र अध्ह्यारो थियो । एउटा सानो प्वाल भेट्टाउनू भयो हात निकाल्न मिल्यो हात देखेपछी प्रहरीले ड्रील गर्यो भत्कायो र बाहिर निकाल्यो । कामदारहरु दुगुर्दै म भएको अलि ठाउँ पुगे र भने भाउजू नरुनुस दाइ बाच्नु भाछ निस्किनु भयो । निस्किएर नजिकै रहेको पोलमा टाउको अड्याएर पछाडी फर्किदा होटल पुरै धोस्त भएको थियो । अब लाग्यो वहालाइ हामी यो सन्सारमा छैनौ म किन निस्किए होला जस्तो भयो ।तर हामी निस्किसकेका थियौ । वहाँ सबै माटोले पुरिनु भएको थियो । स-साना चोटहरु शरीरमा थिए ।

हामी भेट भयौ एकछिन अङागालोमा बाधिएर रुदै बस्यौ । सबै रोइरहेका थिए । बाचेपनी बाव्ने आधार गरेको लगानी नउठदै भत्किसकेको थियो । एकछिनमा मेडिकल नजिकै भएकोले डा. हरु आउनुभो औषधी उपचार तिर लाग्नु भो । केही समय भित्र हाम्रो घरबेटी आउनु भो । हामीलाइ सन्त्वना दिन हामी तीन जनालाइ अङागालो मारेर निकै बेर सङै रुनु भो र भन्नू म छु केही चिन्ता नगर तिनै जना बाच्यौ त्यही ठूलो कुरा हो । केही शब्दहरुले पनि निकै ढाड्स दिन्छ भन्थे हो रैछ जस्तो भयो । मेरो मोबाईल काउन्टरमै थियो सबै पुरिएको थियो त्यहा भएका सबै सामानहरु काम नलाग्ने भएका थिए । मोबाइलमा नेट्वर्क थिएन । कोहि कसै सङ कुरा गर्न सकिएन रुदा रुदै साझ पर्यो सान कम्पन जान छोडेको थिएन । शुभचिन्तकहरु आउनु भो सम्जाउनु भो केही आनन्द महसुस भो । साझ पर्यो बाहिर बस्नु पर्ने घर भन्दा खाली जमिनले महत्त्व दियो ।त्यतिबेला पासाङ दाइको १२ करोड पर्ने महल एकै छिन्मा काम नलाग्ने भो । पासाङ दाइ आफै सन्सार छोडेर जानू भो । बाकी परिवार पनि सडकमा आउनु भो । मै हु भन्नेहरु सडकमा आए । कति बिचलित भए कतिले प्राण त्यागे। आखिर सन्सार के रहेछ भन्ने लाग्यो । मान्छेहरु केही सम्यमित भए धन सम्पपती केहि होईन भन्न थाले तर परिस्थिति अलि फेरिन्छ अनि उस्तै बनिदिन्छ मान्छे ।

अभिभावकत्व निभाएका काठमाडौका घरबेटी

म बुटवल बाट काठमाडौ पुगेकी सुनेकी थिए काठमाडौमा त एउटै घरमा पनि चिनजान हुदैन रे। घरबेटी त कस्ता हो कस्ता । तर हाम्रा घरबेटीले छोराछोरी बनाउनु भो हामीलाइ । भुइँचालो जाने बित्तिकै सान्त्वना दिन पुग्नु भएको थियो । साझ सुत्ने बेलाको चाजो पाजो त्रिपाल खोज्ने भाडा कुडा खोज्ने सबै काम गर्नु भो हामी होटलमै खाने भएको हुदा पनि घरमा अन्न पात प्रसस्त थिएन । सानो दुधे बालक लाई दूध किन्ने देखि हाम्रोरेखदेखमा खट्नु भो । शिव लामिछाने वहाको नाम । हामी त्रिपालमा सुत्यौ ।वहाको एक छोरा काठमाडौ बाहिर हुनुहुन्थ्यो । घरबेटी र वहाको श्रीमती हामी सङै पकायौ खायौ ।मैले सुनेका काठमाडौका घरबेटीहरुका कथा झुटा साबित गरिदिनुभो हाम्रा घरबेटीले ।त्यसैले मन आकाश झै फरकिलो बनाउ बिपत्ति न भनेर आउँछ न भन्ने बित्तिकै जान्छ । बैशाख २९ गतेको भुइचालो जादा सम्म हामी छुट्टै बसेनौ र खायनौ पनि । आकाश बाट पानी आउथ्यो तल जमिन थर्काउने गरि गुड्गुडहाट आउथ्यो । यसै गरि बसेका थियौ अर्को २९ गतेको धक्का आयो फेरि त्यति बेला म हामीलाइ भेट्न आउनु भएको श्रीमानको साथिलाइ पानी पिउन दिनको लागि दोस्रो तलामा थिए बाबू पनि सङै थियो हामी सबि दोस्रो तलामा थियौ भुकम्प आयो । श्रीमानको साथी भाग्नु भो हामी भाग्न सकेनौ । ढोका समाएर बसिरर्यौ । घर पिङ झै घुमिरहेको थियो १२ गते नमरेको आज सङै मर्न रैछ भन्ने भन्दै राम राम जप्यौ र बाच्यौ । र ३० गते हामीलाई लिन बुटवलबाट दीपक ज्ञवाली भिनाजु जानू भो अनि हामी अर्घाखाँची फर्कियौ । जीवन एक किसिमको कहालीलाग्दो भो । डर त्रास जतिबेला पनि भुइँ चालो आएजस्तो हुन थाल्यो ।र सबै जसो मानिस भुकम्पबाट म जस्तै तर्सिए र झस्किए पनि त्यसैले म बुटवल फर्किए ।

मेरो सानो परिवार

त्यतिबेला म जस्ता वास्तविक भुकम्प पीडित कति थिए कतिले राहत पाए कतिले पाएनन । कतिका आखाबाट कहिले नछुट्ने गरि आँसु बगिरहेका छ्न । सबै सम्पत्ति गुमाएका हामी काठमाडौबासी नभएकै कारण एक रुपैयाँ पनि राहत पाउन सकेनौ । हामीले राहतका लागि के सम्म गरेनौ होला। त्यतिबेला काठमाडौ महानगरपालिका प्रमुख रुद्र तामाङ भएजस्तो लाग्छ । उनी सम्म पनि फाइल बोकेर पुग्यौ राहत पाउनु भन्दा उनको आश्वासन दिनै शैलीबाट अघाए म । राहत पाए जस्तै भयो र काठमाडौ नबस्ने निधो गरे ।

बिपत्तिमा मन ठुलो कि धन ?

भुकम्पले पनि हाम्रो नेपाल नराम्ररी प्रभावित भयो । त्यति बेला धेरै मनकारी मानिसहरु भेटिए । एक किसीमको सामाजिक भाइचाराको सम्बन्ध स्थापित भो । घर भेटी र भाडामा बस्ने को । अखिर हामी सबै नेपाली दाजुभाइ जस्तो सन्देश गयो । आहा अब समाज सुधारियो धनको घमण्ड गर्नेहरुको पनि बुद्धि पलायो भन्ने लाग्यो । साच्चिकै दुख पर्दा नै हो आफ्नो र पराइ चिन्ने मौका मिल्ने पनि । तर त्यही राहतमा कतिबिभेद भयो म वास्तविक भुकम्प पिडित पीडित नै छ्न अझैपनि ।

कति रुनु भो कतिले फोन गर्नु भो । टेलिभिजनमा होटलको भिजुवल हेर्दा मेरो होटल चिन्नेहरुले त्यो दिन साझ सम्म त हामीले यो सन्सार छोडेको शंका गर्नु भो । कति धेरै शुभचिन्तक सबैलाइ जिवन्त सम्जिरहेकी हुनेछु र्सम्झिरहने छ हाम्रो परिवार ।

अहिले पनि हामी अर्को महामारी कोरोना भाइरसको कहरमा छौ ।यो पनि बिपत्ति नै हो प्राकृतिक बिपत्ति भुकम्पको क्षती तुरुन्तै देखियो । पैसा हुनेहरुका पैसाले काम गर्यो ।मिठो खाए राम्रो लागाए । तर पैसा भएर पनि नबाचिने कोरोना भाइरस हो । हामीले अरु रास्ट्रका ब्यक्ति हरुको मरणले पनि पैसा ठूलो होइन । धन भन्दा मन ठूलो हो भन्ने बुझेका छौ र बुझ्नुपर्छ ।

जीवन हो कहाँ कतिबेला के के हुन्छ हामीलाइ थाहै छैन ।
त्यसैले धन हुनेले मन फुकाएर सहयोग गरौ ।
मानवीय नाता कायम राखौ ।

भुकम्प बाट मृत्युवरण गर्नुभएका एउटै घरको छानामुनी बसेका सरोज , पासाङ दाइ । नवजोडी लगायत भुकम्पबाट ज्यान गुमाउने सबैमा हार्दिक श्रद्दान्जली , घाइतेहरुको शिघ्रस्वास्थ्य लाभको कामना ।

भुकम्प गएको ५ बर्ष पुरा भएको छ । अब यस्ता बिपत्ति भोग्न नपरोस, हामी नेपालीले ।
फुटेर होईन जुटेर यस्ता बिपत्तिको सामना गरौ ।

जीवन बुझौ। सामाजिक बनौ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४