अपहरण मुद्दा दर्ता नगरेको भन्दै जसपा कार्यकर्ताद्वारा महोत्तरीमा प्रदर्शन

जागरणपोस्ट १६ बैशाख २०७७, मंगलवार २२:०४

जनकपुरधाम : सरकारले गरेको लकडाउनका बाबजुद पनि महोत्तरीमा जनता समाजवादी पार्टीका कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् ।

पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव अपहरण काण्डमा प्रहरी तथा सरकारी वकिल कार्यालयमा जाहेरी दर्ता नभएपछि त्यसको विरोधमा पार्टीका कार्यकर्ताहरुले महोत्तरीमा राँके जुलुस प्रदर्शन गरेका छन् ।

महोत्तरीको सम्सी गाउँपालिकामा जनता सामाजवादी पार्टीका महोत्तरी कार्यकर्ताहरुले सम्सी बजारमा मशाल जुलुश लिएर प्रदर्शन गरेका छन् ।

विश्वभर कोरोना भाइरस (कोभिड १९) महामारीको रुपमा फैलिदै गएको समय यसको प्रभाव रोक्न देशमा यति बेला लकडाउन रहेको छ तर त्यसलाई विना कुनै ख्याल नगरी नेता कार्यकर्ताहरु घर बाहिर निस्केर प्रदर्शनमा लागेका छन् ।

केही दिन पहिला पूर्व राज्यमन्त्री तथा जनता समाजवादी पार्टीका सांसदलाई प्रधानमन्त्रीको निर्देशनमा पूर्व आइजिपि र सांसदहरुले अपहरण गरेको आरोप जसपाले लगाउँदै आएको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाईदिने `धन्दा´ नै चलाएर मोटो रकम असुल्दै आएका नेपालका हाईप्रोफाईल नेतादेखि कर्मचारीसम्म एकाएक मुछिएर आएपछि नेपालको राजनीति मात्र तरंगित बनेको

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८