मदन शर्मा
बुटवल : लकडाउनको समयलाई सदुपयोग गर्दै लियो क्लव अफ काठमांडौ पायोनीरले एक दिवसिय तनाव व्यवस्थापन कार्यक्रम आज सम्पन्न गरेको छ ।
विगत एक महिना देखि निरन्तर चलिरहेको लकडाउनका कारण मानीसमा घरभित्र बसिरहँदा शारिरीक, मानसिक एवं भावनात्मक तनाव सृजना हुने भन्दै त्यसको बारेमा सचेतना प्रदान गर्ने उधेस्यका साथ क्लवले निशुल्क तनाव व्यवस्थापन कार्यक्रम(Stress Management Program)को आयोजना गरेको थियो ।
विभिन्न सामाजीक तथा आत्मानुसाशनात्मक कार्यक्रमका लागि परिचीत संस्था आर्ट अफ लिभिङ्गको सहकार्यमा गरिएको उक्त कार्यक्रममा सामाजीक दुरीको पालना गर्दै ईन्टरनेटको माध्यमबाट जुम एप्लीकेशनको प्रयोग गरिएको क्लव की अध्यक्ष एवं कार्यक्रम संयोजक सरु नकर्मीले जानकारी दिनुभयो ।
करिब २ घन्टाका लागी सन्चालन भएको उक्त कार्यक्रमको सहजीकरण आर्ट अफ लिभिङ्गको नेपालका लागि प्रशिक्षक काव्य लम्सालले गर्नुभएको थियो भने रोट्र्याक्ट क्लव अफ कावासोतीका सामुदायिक सेवा निर्देशक बुलेट सिग्देलले प्राविधिक साथ दिनुभएको थियो ।
सो कार्यक्रममा करिव ७० जनाको सहभागीता रहेको थियो । आज सम्पन्न कर्यक्रम प्रभावकारी भएको र आगामी दिनहरुमा थप येस्तै चेतनामुलक कर्यक्रमको लागी हौसला प्राप्त भएको संयोजक नकर्मीको भनाई छ।