काठमाण्डौ – पठन संस्कृति बिकास समाजले पठनपाठन संस्कृतिको विकासकार्य हेतु काठमाडौको प्रदर्शनीमार्गस्थित महेन्द्र सभागृहमा बृहत् पुस्तक प्रदर्शनी गर्ने भएको छ। पठन संस्कृतिको विकास गर्ने उद्देश्यले स्थापना भएको ‘पठन संस्कृति विकास समाज’ले यही २०७५ चैत्र ८ गतेदेखि १७ गतेसम्म काठमाडौंको प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबको सभाहलमा बृहत ‘काठमाडौ पुस्तक प्रदर्शनी’को आयोजना गर्न गईरहेको हो। समाजका अध्यक्ष कुमुद अधिकारीले आज एक विज्ञप्ति जारी गर्दै मेलामा नेपाल तथा भारतका सय भन्दा बढी प्रकाशन संस्थाका साहित्यिक तथा अङ्ग्रेजी साहित्यका पुस्तकहरु बिक्रीकालागि राखिने जनाएका छन । मेलालाई बृहत र उपलब्धिमूलक बनाउन हरेक दिन विविध साहित्यिक कार्यक्रमको आयोजना पनि गरिने भएको छ । मेलामा पुस्तकसहित स्टेसनरी तथा बालउपयोगी खेल सामाग्रीहरु पनि विशेष छुटमा उलब्ध हुनेछन ।
शताब्दीपुरुष सत्यमोहन जोशीद्वारा भोलि ठीक ११ बजे समुद्घाटन हुने कार्यक्रम रहेको छ।