निजि बिद्यालयलाई शुल्क नलिन तथा पठनपाठन समेत नगराऊन शिक्षा समितिको निर्देशन

जागरणपोस्ट २४ बैशाख २०७७, बुधबार १६:२३

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले विद्यालयमा शुल्क नलिन र पठनपाठन नगर्ने व्यवस्था गराउन सरकारलाई निर्देशन दिएको छ ।

बुधबार बसेको समिति बैठकले कोरोना महामारीको राम्रोसँग आकलन नगरी विद्यार्थीको परीक्षा र भर्ना नगर्न, शुल्क नलिन तथा औपचारिक रुपमा पठन पाठन नगर्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।

कोरोना भाइरसको महामारीका कारण हाल विद्यालय बन्द रहेको छ । तर शहरी क्षेत्रका कतिपय विद्यालयले पठन पठान गराएको जानकारीमा आएकाले त्यस्तो गतिविधि रोक्न निर्देशन दिएको समिति सभापति जयपुरी घर्तीले जानकारी दिइन् । उनका अनुसार अहिले औपचारिक रुपमा पठन पाठन गर्न उपयुक्त समय छैन ।

सुविधासम्पन्न विद्यालयले अनलाइनमार्फत पढाउने गरेको भए पनि त्यो खालको सुविधा हिमाली र पहाडी क्षेत्रमा सम्भव नभएकाले पठन पाठन नगर्न नगराउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको सभापति घर्तीले बताइन्।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८