बगदाद – कुर्दिस नयाँ वर्ष मनाइरहेका बेला बिहीबार तिग्रिस नदीमा भयानक डुंगा दुर्घटना भएको दुर्घटना भएको इराकी गृह–मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।
नागरिक सुरक्षा समूहले अहिलेसम्म ५५ जनाको शव भेटाएको र अरु उद्धार तथा खोजी कार्य जारी रहेकाे एक अधिकारीलाई उद्धृत गर्दै इराकी मिडियाले बताएका छन् ।
मोसुलको पर्यटक व्यापारिक केन्द्रतर्फ परिवार तथा बालबालिकाहरु लिएर आइरहेको फेरी दुर्घटनामा परेको हो । उद्दार कार्य जारी रहेकाले यसबारे विस्तृत विवरण आइनसकेको अधिकारीहरुले बताएका छन् ।
घटनापछि कैयौँ व्यक्ति सम्पर्कमा आउन नसकेका र उनीहरुको मृत्यु भएको हुन सक्ने बताउँदै अधिकारीले मृतकको संख्यामा वृद्धि हुन सक्ने बताइएको छ ।