आफ्नै सहयोगिलाई बलात्कार गर्ने पक्राउ

जागरणपोस्ट २५ बैशाख २०७७, बिहीबार १२:३२

रौतहट : बलात्कार आरोपमा स्थानीय फतुवा विजयपुर–४ का ५२ वर्षीय टेकबहादुर चौधरी पक्राउ परेका छन् । आफ्नै सहयोगी १५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

चौधरीले आफ्नै सहयोगी एक बालिकालाई अनैतिक कार्य गरेको लिखित उजुुरी आएपछि मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय विजयपुरका प्रहरी निरीक्षक चन्द्रकिशोर साहले जानकारी दिनुभयो ।

जबर्जस्ती करणी मुद्दाको अनुसन्धानका लागि जिल्ला अदालत गौरले सात दिनको म्याद दिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ । चौधरी इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेको र अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ परीक्षणसमेत भइसकेको इलाका प्रहरी कार्यालय विजयपुरले जानकारी दिएको छ । पीडित बालिका केही महिनाको गर्भवतीसमेत रहेको स्वास्थ्य परीक्षणबाट जानकारी आएको प्रहरीले जनाएको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाईदिने `धन्दा´ नै चलाएर मोटो रकम असुल्दै आएका नेपालका हाईप्रोफाईल नेतादेखि कर्मचारीसम्म एकाएक मुछिएर आएपछि नेपालको राजनीति मात्र तरंगित बनेको

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८