चट्याङ्ग लागेर एक बालिकाको मृत्यु

जागरणपोस्ट २५ बैशाख २०७७, बिहीबार १९:२४

चट्याङ लागेर पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर-२ पाँडेपुरमा एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय राजु साहकी ६ वर्षीया छोरी उषाकुमारी साह रहेकी छन् । बिहीबार बिहान हावाहुरीसहित मेघ गर्जेर पानी परेको समयमा उषा बेहोस भएकी थिइन् । उषाको शरीरमा कुनै चोटपटक नदेखिए पनि उनको मृत्यु चट्याङ लागेर भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक चन्द्र सिंहले घटना स्थल पुगेर शवको मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको जानकारी दिए।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाईदिने `धन्दा´ नै चलाएर मोटो रकम असुल्दै आएका नेपालका हाईप्रोफाईल नेतादेखि कर्मचारीसम्म एकाएक मुछिएर आएपछि नेपालको राजनीति मात्र तरंगित बनेको

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८