दशगजामा नियम मिचेर अबैध बाँध बनाऊँदै भारत

जागरणपोस्ट २७ बैशाख २०७७, शनिबार १६:१२

रौतहट– लकडाउनको मौका छोप्दै भारतले दशगजा क्षेत्रमा बाँध विस्तार गरेको पाइएको छ ।

रौतहटको ईशनाथ नगरपालिकासँग जोडिएको नेपाल भारत दशगजा क्षेत्रमा भारतीय पक्षले पाँच फिटभन्दा बढी माटो थपेर बाँधको उचाइ बढाइरहेको छ । जंगे पिलर संख्या ३४७ को पूर्व, मझौला पिलर ३४६-५ हुुँदै बन्जरहासम्म भारतले एक दशक अघि बाँध बनाएको थियो । अहिले त्यसलाई अग्लो बनाउँदैछ ।

दशगजा क्षेत्रमा पक्की वा अस्थायी कुनै किसिमका संरचना बनाउन पाइँदैन । तर, भारतले अवैध रुपमा बाँध बनाएका कारण नेपाली भूभाग डुबानमा पर्दै आएको छ । त्यस्ता संरचना भत्काउनु पर्नेमा भारतले भने सिमेन्टका बोराहरूमा माटो तथा ढुङ्गा भरेर तथा बाँधको चौडाइसँगै उचाइ बढाउने काम गरिरहेको छ ।

भारतले बाँध बनाइरहेको विषयमा स्थानीय प्रशासनलाई जानकारी गराए पनि सरकारी स्तरबाट कुनै पहल नभएकोले ईशनाथ नगरपालिका-१ का वडाध्यक्ष बिगु साह बनियाँले बताए । ‘दुई किलोमिटरभन्दा लामो, १५ फिटभन्दा अग्लो अनि फेदमा १० मिटरभन्दा चौडा बाँध बनाउँदा भारतले पानी निकासका लागि एउटा पनि ढोका राखेको छैन’ साहले भने, ‘स्थानीयले पटकपटक जानकारी गराउँदा सरकारी स्तरबाट रोक्ने पहल भएको छैन ।’

ईशनाथका स्थानीयवासीमा भने वर्षायाममा डुवान बढ्ने क्रमसँगै आक्रोश बढेको छ । ‘दुई देशको सिमानामा यसरी बाँध बनाएर भारतीय पक्षले अत्याचार गरेको छ । पिल्लरसँगै जोडेर निकै अग्लो बाँध बनाएका छन्’ ईशनाथ नगरपालिका-१ का स्थानीय सुरेश साहले भने, ‘बाँधका कारण हामी वर्षेनी पीडित हुने गरेका छौं ।’

भारतीय पक्षले अटेरी गरेको छ : प्रजिअ घिमिरे

प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले सीमा क्षेत्रमा भारतीय पक्षले बाँध मर्मतको नाममा काम गर्न थालेको सूचना आएको बताए । ‘भारतीय पक्षले गरेको काम गैरकानुनी हो । हामीले तुरुन्त रोक्नु भनेका छौं’ प्रमुख जिल्ला अधिकारी घिमिरे भने, ‘डिएमसँग कुरा भए पनि भारतीय पक्षले अटेरी गरेर माटो थुपारेको छ ।’

स्थानीय स्तरमा काम गर्न आएका प्राविधिकहरूलाई समेत काम नगर्न भनिएको उनले बताए ।

जंगे पिल्लर ३४७ आसपासको क्षेत्रमा कुनै किसिमको काम नगर्ने लिखित सहमति विपरीत भारतीय पक्षले बाँध बनाएको विषयमा गृह मन्त्रालयलाई जानकारी पठाएको उनले बताए ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाईदिने `धन्दा´ नै चलाएर मोटो रकम असुल्दै आएका नेपालका हाईप्रोफाईल नेतादेखि कर्मचारीसम्म एकाएक मुछिएर आएपछि नेपालको राजनीति मात्र तरंगित बनेको

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८