जागरणपोस्ट – : विश्व इतिहासमा धेरै राजा महाराजाहरु आफ्नो महानताका कारण प्रसिद्ध मानिन्छन भने कोहि आफ्नो क्रूरताका कारण चर्चामा आएका हुन्छन। यस्तै क्रूर महिला शासक मध्येकी एक महिला शासक जो आफ्नो चरम् क्रूरताका कारण विश्वभर चर्चामा आएकी थिईन, आज हामी तिनै क्रूर महिला शासक का बारेमा चर्चा गर्दैछौं। पूर्वी अफ्रीका महादेशस्थित एक सानो देश मेडागास्कर कि रानी रानावालोना प्रथम (1778-1861) यतिसम्म क्रूर तानाशाह महिला थिईन जसलाई मेडागास्कर कि पागल रानी पनि भनिन्थ्यो।
उनलाई रानावलो- मांजका प्रथम, रमावो आदि नामले पनि जानिन्थ्यो। यी महिला शासक यतिसमम्म क्रूर थिईन, जसलाई कसैमाथी शंका लागिहाल्यो भने उम्लिराखेको पानीमा डुबाएर मारिदिन्थिन। यतिमात्र होईन, रिसको आवेगमा उनले मान्छेलाई जिऊँदै जलाऊने पनि गर्दथिन, शंकै शंकाको आधारमा मान्छेलाई जिऊँदै गाडिदिन्थिन।
उनको शाषनकालमा उनको यस्तै क्रूर तथा अमानविय कार्यले गर्दा मडागास्करमा ५०% जनसंख्या कम भएको इतिहासकारहरु बताऊँदछन। यद्यपि उनले आफ्नो देशलाई उपनिवेश हुनबाट भने जोगाएर राखेकी थिईन। मृत्युको भयले गर्दा बेलायत तथा फ्रेन्च ब्यवसायीहरु उनको शाषनकालभरी मडागास्करमा लगानी गर्नसमेत डराऊंदथे।
यिनले आफ्नो शाषनकालमा हजारौं कैदिबन्दी तथा मजदूरहरुबाट आफ्ना परियोजनाहरु सम्पन्न गराऊंदथिन र काम सकिएपछि उनीहरुलाई मारेर फाल्न लगाऊथिन। आफ्ना सेनालाई आहाराको लागि भैंसीको सिकार गर्न लगाऊँदा पचासौं हजार मानिस समेत एकैचिहान भएको घटना यिनको शाषनकालको सबैभन्दा ठूलो र क्रूर काण्ड थियो।
twitter.com @jagaranpost