मदन शर्मा
बुटवल : लकडाउनको समयलाई सदुपयोग गर्दै नेपाल बजार बिक्रि प्रतिनीधि संघ लुम्बिनी शाखाले एक नयाँ शैलीको कार्यक्रमको आयोजना गर्ने भएको छ । विगत एक महिना देखि निरन्तर चलिरहेको लकडाउनका कारण मानीसमा घरभित्र बसिरहँदा मानसिक तनाव सृजना हुने भन्दै संघले निशुल्क तनाव व्यवस्थापन कार्यक्रम(Stress Management Program)को आयोजना गर्ने भएको हो ।
विभिन्न सामाजीक तथा आत्मानुसाशनका कार्यक्रमका लागि परिचीत संस्था आर्ट अफ लिभिङ्गको सहकार्यमा उक्त कार्यक्रम सामाजीक दुरीको पालना गर्दै ईन्टरनेटको माध्यमबाट गर्न लागिएको संघका अध्यक्ष कमल पौडेलले जानकारी दिनुभयो।
जेठ ५ गते अर्थात सोमबार बिहान ७ बजेदेखि सुरु हुने उक्त कार्यक्रमको सहजीकरण आर्ट अफ लिभिङ्गको नेपालका लागि प्रशिक्षक काव्य लम्सालले गर्नुहुने छ । नेपालभरी छरिएर रहनुभएका सम्पुर्ण नाम्सका सदस्यहरुले यस कार्यक्रममा सहभागीता जनाउन सक्नुहुने छ र कर्यक्रममा सहभागी हुनको लागी जुम एप्लीकेशनको प्रयोग गर्नुपर्ने उहाँको भनाई छ ।
जुम एप्लीकेशनको प्रयोगले धेरै संख्याका मानीसले एकै समयमा एकैसाथ भिडियो कलमार्फत प्रत्यक्ष कुराकानी गर्न सकिने कर्यक्रम संयोजक समेत रहनुभएका पौडेलले जानकारी दिनुभयो ।