चौकिदार खबरदार !

जागरणपोस्ट १२ चैत्र २०७५, मंगलवार १५:०३

भारतमा १७ औं लोकसभा चुनावको चर्चा चुलिंदै छ । सत्तासीन भारतीय जनता पार्टी चुनाव जित्न सबै हतकण्डा प्रयोग गरिरहेको छ भने विपक्षीहरू यसपाला मोदीलाई हराउनै पर्ने भनिरहेका छन् । मोदी २०१४ को चुनावमा चायवालाको रूपमा चर्चामा थिए भने यसपाला चौकीदारको रूपमा चर्चामा आएका छन् । मूल मुद्दा परिदृश्यबाट हराएका छन् । सन २०१४ मा वाचा गरिएका कति मुद्दाहरू पूरा गरियो ? सबैको खातामा १५ लाख रुपियाँ भनिएको थियो । प्रत्येक वर्ष २ करोड रोजगारीको वाचा गरिएको थियो । महिलाहरूलाई सुरक्षाको ग्यारेण्टी भनिएको थियो । सस्तो र सुविधामा तेल उपलब्ध गराउने भनिएको थियो । भ्रष्टाचारीलाई जेल हाल्ने वाचा गरिएको थियो । भारतभरि १०० वटा स्मार्टसिटी बनाउने भनिएको थियो । गंगा सफाइको वाचा थियो । किसानहरूलाई न्युनतम समर्थन मूल्यको वाचा गरिएको थियो । लोकपाल गठन गर्ने २०१३ मा वील पास गरिएको थियो ।

भरत पोख्रेल

वाचा गरिएका कुराहरू कति पूरा भए त ? खातामा १५ लाख भनिएकोमा १५ रुपियाँ पनि आएन । दुई करोड रोजगारी ३५ लाखमा सीमित भयो । महिलाहरू सुरक्षित त के मानिसहरू भीडद्वारा मारिन थालिए, कठुवा उन्नाव बलात्कार जस्तो घटना घट्यो । प्रतिपक्षका तीन प्रधानमन्त्रीका प्रत्यासी राहुल गान्धी, मायावती र ममता बनर्जी मध्ये दुई महिला छन् । प्रियंका गान्धी वाड्राको राजनीतिमा सक्रिय प्रवेशले नयाँ तरंग ल्याएको छ । यस्तो वेला भाजपका मानिसहरू महिला विरुद्ध अशोभनीय अभिव्यक्ति दिन थालेका छन् । तेल झन महँगो भयो । घोषणापत्रमा पेट्रोल ४० रुपियाँमा एक लिटर उपलब्ध गराउने भनिएको थियो तर त्यही पैसामा आधी लिटरमात्र आउने भयो । भ्रष्टाचारीहरूलाई जेल हाल्ने भनिएको झेल गरेर विदेश पठाइयो । १०० वटा स्मार्टसिटी भनेकोमा एउटा पनि बनेन । गंगा सफाइ त के गंगा सफाइ अभियन्ता जी.डी. अग्रवाल सहित कतिको गंगा सफाइका लागि ज्यान गयो । किसानहरूको आत्महत्याको दर झन बढ्यो । लोकपाल वील सन १९६८ देखि एक दर्जन पटक संसदमा पेस भयो र अन्ना हजारेको आन्दोलन पछि २०१३ को जनवरीमा मात्र पास भयो तर गठन चाहिँ चुनावको मुखमा भर्खरै यही मार्चमा भयो । पिनाकी चन्द्र घोष ९ सदस्यीय लोकपालको पहिलो अध्यक्ष भए । यीनै कारणहरूले विपक्षीहरू मोदीलाई यसपालाको चुनावमा पराजित गर्न जनतालाई खबरदारी गरिरहेका छन् ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८