नेपाल सुखद अन्त्यको लक्ष्यमा

जागरणपोस्ट १३ चैत्र २०७५, बुधबार ०१:५०

नेपालले मंगलबार कतारमा जारी एएफसी यू–२३ च्याम्पियनसिप छनोट फुटबलको अन्तिम खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र अफगानिस्तानबीचको खेल नेपाली समयअनुसार राति ९ बजेर ४५ मिनेटमा सुरु हुनेछ । नेपाल र अफगानिस्तानबिचको खेल प्रतिष्ठाको लडाई मात्रै हुनेछ । किनभने यसअघि भएको दुई खेलमा लगातार हार व्यहोर्दै नेपाल छनोटबाट बाहिरिसकेको छ ।
कतारको दोहामा हुने खेलमा नेपाल शुखद अन्त्य गर्ने लक्ष्यमा छ । अफगानिस्तान पनि नेपाललाई पराजित गर्न चाहन्छ । छनोट चरणबाट दुबै खेलमा हार ब्यहोर्दै बाहिरिसकेको अफगानिस्तान नेपाल भन्दा बलियो टिम हो ।

अफगानिस्तानविरुद्ध नेपालले ४–४–२ को फर्मेसनमा खेल्ने भएको हो । यसअघि नेपालले आक्रामक भन्दा पनि रक्षात्मक खेल खेलेको थियो ।

नेपालको प्लेइङ इलाभेन

गोलकिपर : अर्पण कार्की

डिफेन्डर : अनन्त तामाङ, सुमन अर्याल, दिनेश राजवंशी, कमल श्रेष्ठ

मिडफिल्डर : तेज तामाङ, नितिन थापा, सुनिल बल, विश्वास श्रेष्ठ

फरवार्ड : विमल घर्तीमगर (कप्तान), अन्जन विष्ट

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८