नातिनीको लागी दूध लिन हिंडेका हजुरबुवाको प्रहरीले खुट्टा भाँचिदिए

जागरणपोस्ट ५ जेष्ठ २०७७, सोमबार २०:१८

नेपाल दुरसञ्चार कम्पनीका सेवानिवृत्त कर्मचारी ६७ वर्षीय नागेन्द्र पटेलका २ जना नातिनी छन् । वीरगन्ज महानगरपालिका– १६ निवासी पटेल सधैँझैं आइतबार बिहान पनि नजिकैको पसलमा दूध लिन जाँदै थिए, नातिनीहरुका लागि ।

नयाँ बसपार्कबाट नेसनल मेडिकल कलेज जाने मोडमा पुगेपछि त्यहाँ रहेका प्रहरीले उनलाई कहाँबाट आएको ? कहाँ जान लागेको ? भन्दै केरकार गरे । र, जहाँबाट आएको उतै फर्किन आदेश दिए । चोकमा अरु मानिस पनि उभिरहेका थिए । प्रहरीले यति भनेपछि पटेल फर्किए । पछाडि फर्किने बित्तिकै प्रहरीले उनको दाहिने खुट्टामा लठ्ठी हान्यो ।

उनी त्यहीं ढले । पहिलेदेखि चिनजानका व्यक्तिले उनलाई बोकेर घर पुर्‍याए ।

हिँडडुल गर्न नसकेपछि छोरा गुन्जनले बिहान करिब ८ बजे उपचारका लागि उनलाई नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल लगे । एक्स–रे मा खुट्टाको हड्डी भाँचिएको पाइयो । चिकित्सकले उनको खुट्टामा प्लास्टर गरिदिएका छन् ।

‘३ महिनासम्म प्लास्टर राख्न चिकित्सकले भनेका छन्,’ नागेन्द्र भन्छन्, ‘घुँडाभन्दा मुनि हड्डी क्र्याक भएको छ ।’ बच्चाका लागि दूध लिन गएका वृद्ध बुबालाई किन हिर्काएको भनेर छोरा गुन्जन पटेलले अस्थाई प्रहरी चौकी बसपार्कका प्रहरीलाई साधेका थिए । ‘हामीले हैन, प्रहरीको टाइगर टोलीले हिर्काएको जवाफ दिए,’ गुन्जनले भने, ‘साह थर एक असईले पिटेको स्थानीयले देखेको बताएका छन् ।’

८ वर्ष अगाडि नेपाल दुरसञ्चार कम्पनीबाट सेवानिवृत्त भएका नगेन्द्रले प्रहरीको आदेश मानेर फर्किदा पनि पछाडिबाट लठ्ठी हानिएको भनेर चित्त दुखाएका छन् । ‘न कुनै वादविवाद भयो, न कुनै कुरा, पटेलले भने, ‘आदेश मानेर दूध नलिई फर्किरहेकै थिएँ, तैपनि पछाडिबाट हिर्काए । हामी त आफैं लकडाउनमा निस्किनौं । बच्चालाई दूध लिन गएको खुट्टै भाँचिदिए ।’

अस्थाई प्रहरी चौकी बसपार्कका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) विजय शाहीले हालसम्म पीडित आफूकहाँ नआएको बताए । ‘हाम्रो टोलीले कुटेको छैन, बसपार्कमा इलाका प्रहरी कार्यालय श्रीपुर र जिल्ला प्रहरीको टोली पनि आउँछन्,’ उनले भने, ‘घटनाको यर्थाथ बुझ्दै छु, प्रहरीलाई बदनाम गर्न अनर्गल प्रचार गरेको पनि हुनसक्छन् ।’

शव्द, तस्विर : ईकान्तिपुर डट कम

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाईदिने `धन्दा´ नै चलाएर मोटो रकम असुल्दै आएका नेपालका हाईप्रोफाईल नेतादेखि कर्मचारीसम्म एकाएक मुछिएर आएपछि नेपालको राजनीति मात्र तरंगित बनेको

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८