निर्वाचन आयोगले दल दर्ता गर्न नमानेपछि विवेकशिल पुग्यो सर्वोच्चमा

जागरणपोस्ट १४ चैत्र २०७५, बिहीबार ०४:३७

काठमाडौं – दल दर्ता गर्न अस्वीकार गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध विवेकशील नेपालीले सर्वाेच्च अदालतमा मुद्दा दायर गरेको छ। विवेकशील साझाबाट विभाजित भएर बनेको विवेकशील नेपाली दल दर्ताका लागि आवश्यक केन्द्रीय सदस्यको संख्या नपुगेको भन्दै आयोगले दर्ता गर्न अस्वीकार गरेको थियो।

विवेकशीलले पुस २७ मा दल दर्ताका लागि आयोगमा निवेदन थियो। फागुन २८ गते बसेको आयोगको बैठकले दल दर्ताका लागि आवश्यक संख्या नपुगेको भन्दै दर्ता गर्न अस्वीकार गरेको थियो। पार्टी विभाजनका बेला विवेकशील साझामा ३७ जना सदस्य रहेको दाबी गरेको विवेकशील नेपालीले १६ जना केन्द्रीय सदस्यसहित दल दर्ताका लागि आयोगमा निवेदन दिएको थियो।

आयोगले भने ३३ जना मात्र केन्द्रीय सदस्य रहेको भन्दै विवेकशील नेपालीले दिएको केन्द्रीय सदस्यको विवरणलाई मान्यता नदिएको हो। ‘१६ जनाले विवेकशील नेपाली दल दर्ताका लागि आयोगमा निवेदन दिएका थियौं। सो संख्या राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको दलसम्बन्धी ऐनको दफा ३३ (२) ले निर्दिष्ट गरेबमोजिम ४० प्रतिशतभन्दा बढी छ’, विवेकशील नेपालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आयोगको घोर अन्यायपूर्ण र कानुनविपरीत रहेको हाम्रो ठम्याइ छ। गलत निर्णय सच्याउन सर्वाेच्च अदालतमा रिट निवेदन दर्ता गराएका हौं।’

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८