लकडाऊनमा नाराबाजी गर्दै हिंडेका समाजवादी पार्टिका कार्यकर्ता पक्राऊ

जागरणपोस्ट ८ जेष्ठ २०७७, बिहीबार २२:०२

लकडाउनको उल्लंघन गर्दै जनकपुरधाममा नाराबाजी गर्ने जनता समाजवादी पार्टीका १५ जना युवालाई प्रहरीले आज पक्राउ गरेको छ । सो पार्टीका युवा नेता नविन यादव र मुकेश झाको नेतृत्वमा प्रदर्शन गरिएको छ ।

केही दिन अघि लकडाउन उल्लंघन गरेको आरोपमा जनता समाजवादी पार्टीका प्रदेश सांसद अशोक यादवको गाडी प्रहरीले जनकपुरधामको भानुचोकबाट पक्राउ गरेको थियो । त्यस क्रममा प्रदेश सांसद यादवले प्रहरीलाई ‘तिमीहरु ‘मलाई चिन्दैनौं? म को हुँ?’ लगायतका शब्द प्रयोग गरी पदको धाक देखाउँदै प्रहरीलाई अभद्र व्यवहार गरेका थिए । सोही विषयको समाचार केही सञ्चार माध्यममा आएपछि प्रहरी र मिडियाको विरोधमा जनता समाजवादी पार्टीका युवा नेताहरु आन्दोलनमा उर्लेका छन् ।

लकडाउनको उल्लंघन गरी प्रदर्शनमा उत्रेकाले उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । समाजवादी विद्यार्थी युनियनका बिद्यार्थी नेताहरुको नेतृत्वमा रहेको टोलीले जनकपुरधामको बसहिया रोडस्थित दक्षिणकाली मन्दिर नजिकबाट प्रहरीको विरोधमा नारावाजी गर्दै जिल्ला प्रशासन कार्यालय जाने क्रममा माछा बजारबाट पक्राउ गरिएको हो ।

Facebook Comments

जागरण टिभी

सम्पादकीय

सबै हेनुर्होस

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

आज अन्तर्राष्ट्रिय महिला दिवस, महिला हकहित, सशक्तिकरण, लैंगिक विभेद एवं हिंसा अन्त्य एवं अधिकार प्राप्तीको सवालमा यस दिवसको अवसर पारेर अझ यौटा नयाँ मार्गको साझा

Subodh Regmi २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५