यी हुन्, एसईईको प्रश्नपत्र सार्वजनिक भएपछि मन्त्री-सुरक्षा निकायको बैठकका तीन निर्णय

जागरणपोस्ट १५ चैत्र २०७५, शुक्रबार १४:०५

जागरणपोष्ट संवाददाता चैत १५: एसईई परीक्षाको प्रदेश–२ को प्रश्नपत्र सार्वजनिक भएपछि सुरु भएको विद्यार्थी असन्तोष साम्य पार्न सम्बद्ध मन्त्री सहित सुरक्षा निकायका उच्च अधिकारीहरुको बैठक भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको पहलकदमीमा मन्त्रालयमै नेपाली सेना, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीसहितको बैठक भएको हो।

मन्त्री पोखरेलका निजी सचिव पुरन केसीले बताए अनुसार, सुरक्षा निकायसहितको बैठकले तीन निर्णय गरेको छ।

प्रश्नपत्र सार्वजनिक हुन पुग्यो, त्यसको छानविन गर्ने ज़िम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइवी) लाई दिने निर्णय बैठकले गरेको छ।

४ घण्टा भित्र देशका सवै परिक्षा केन्द्रहरु अनुगमन गर्ने र रिपोर्ट बुझाउने र ६ बजे प्रतिबेदन सहित बैठक बसेर आवस्यक निर्णय लिने निर्णयपनि बैठकले गरेको छ।

दुई दुई पटक प्रश्नपत्र सार्वजनिक भएपछि भएको परीक्षा रद्दपछि असन्तुष्ट विद्यार्थीहरुलाई संयम अपनाउँदै बाँकी परीक्षामा सहभागी हुन अपिल गर्ने निर्णयपनि सो बैठकले गरेको छ।

Facebook Comments

जागरण टिभी

सम्पादकीय

सबै हेनुर्होस

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

आज अन्तर्राष्ट्रिय महिला दिवस, महिला हकहित, सशक्तिकरण, लैंगिक विभेद एवं हिंसा अन्त्य एवं अधिकार प्राप्तीको सवालमा यस दिवसको अवसर पारेर अझ यौटा नयाँ मार्गको साझा

Subodh Regmi २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५