कोरोना संक्रमण नेगेटिभ देखिएकी गर्भवतीको मृत्यु

जागरणपोस्ट १३ जेष्ठ २०७७, मंगलवार १४:२८

सप्तरीमा कोरोना भाइरसको शङ्कास्पद लक्षण देखिएकी एक गर्भवती महिलाको मृत्यु भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका ११ ठेलियाकी २४ वर्षीया गर्भवती महिलाको मङ्गलबार घरमै मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डम्बर गुप्ताले जानकारी दिए।

गुप्ताले उनलाई कोरोना सङ्क्रमणको जस्तो ‘निरन्तर ज्वरो आउने, श्वास प्रश्वासमा समस्या रहेकोले घरमै आइसोलेसनमा राखिएको थियो’ । उनलाई एक सातादेखि नियमित ज्वरो आइरहेको थियो । गत जेठ ८ गते राजविराजस्थित डा. बिनिता यादवसँग गर्भवती जाँच गराएकी उनलाई त्यस दिन १०२ दशमलव ४ डिग्री ज्वरो पाइएको गुप्ताले बताए । सोमबार रातिदेखि उनलाई श्वास लिन अति नै समस्या भएपछि मङ्गलबार राजविराजतर्फ ल्याउने क्रममै मृत्यु भएको गुप्ताले जानकारी दिएका छन् ।

कोरोनाको लक्षण देखिएकी महिलाको मृत्यु भएपछि उनको स्वाब सङ्कलन गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइसकिएको गुप्ताले बताए।
मृतकको शवलाई अन्तिम संस्कार गर्नेबारे नगरपालिकाको बैठक बसिरहेको छ।

Facebook Comments

जागरण टिभी

सम्पादकीय

सबै हेनुर्होस

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

आज अन्तर्राष्ट्रिय महिला दिवस, महिला हकहित, सशक्तिकरण, लैंगिक विभेद एवं हिंसा अन्त्य एवं अधिकार प्राप्तीको सवालमा यस दिवसको अवसर पारेर अझ यौटा नयाँ मार्गको साझा

Subodh Regmi २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५