काठमाडौं : शिक्षा मन्त्रालयले डाकेको आकस्मिक बैठकले प्रदेश २ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) का १४ गते देखि २१ गतेसम्म सञ्चालन हुने सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । एकपछि अर्को प्रश्नपत्र बाहिरिएपछि शुक्रबार मन्त्रालयमा बसेको आकस्मिक बैठकले प्रदेश २ का २६२ परीक्षा केन्द्रको एसइई अन्तर्गतको परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।