मदन शर्मा
बुटवल । महिनावारी स्वच्छता दिवसको अवसरमा एक दिवसीय महिनावारी सचेतनामुलक कार्यक्रम हुने भएको छ । हरेक वर्ष मे २८ का दिन मनाईने अन्तर्रा्ष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसर पारेर कनेक्सन नेपाल र ईको कनेक्ट प्रा. लि.को आयोजना तथा रोटरी क्लव अफ ईटहरी, रोट्र्याक्ट क्लव अफ ईटहरी, रोट्र्याक्ट क्लव अफ कावासोती, योथ डेभलप्मेन्ट सेन्टर (वाई डि सि), गल्र्स फस्र्ट क्याम्पेन लगायतको सहकार्यमा महिनावारी संवाद (Period Talk) कार्यक्रमको आयोजना गर्न लागिएको रोट्र्याक्ट क्लव अफ कावासोतीका सामुदायीक सेवा निर्देशक बुलेट सिग्देलले जानकारी दिनुभयो ।
कोरोना भाईरसका कारण विगत २ महिनादेखि निरन्तर चलिरहेको लकडाउनको समयलाई सदुपयोग गर्दै महिनावारी स्वच्छताका लागी उपयुक्त हुने विभिन्न तथ्य, ज्ञान र त्यससंग सम्बन्धीत विभिन्न सकारात्मक एवं नकारात्मक कुराहरु आदानप्रदान गर्ने उद्येश्यका साथ सामाजीक दुरीको पालना गरेर ईन्टरनेटको माध्यमबाट सोे चेतनामुलक कार्यक्रम गरिने छ ।
जेठ १५ गते अर्थात बिहिबार साँझ ३ बजेबाट सुरु हुने उक्त कार्यक्रमको प्रमुख अतिथी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव एवं पूर्व विज्ञान, प्रविधि तथा वातावरण मन्त्री गणेश शाह रहनुुहुने छ भने कार्यक्रमको सहजीकरण वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.ईन्दीरा सत्याल, सामुदायीक स्वास्थ्य नर्स विशेषज्ञ मिना शर्मा, बाजुराको बुदिनन्द नगरपालीकाकी उपप्रमुख श्रृष्टि रेग्मी, ईको कनेक्ट प्रालीका सिईओ सुशिल कुमार कार्की र सामाजीक अभियान्ता सोफी मलीफेन्टले गर्नुहुने छ ।