भित्रिएला त लगानी? आइएफसी ले गर्यो १ अर्व डलरको प्रतिवद्धता

जागरणपोस्ट १६ चैत्र २०७५, शनिबार १०:२८

विश्व बैंक समूह अन्तर्गतको संस्था इन्टरनेसनल फाइनान्स कर्पोरेशन (आइएफसी)ले नेपालमा एक अर्ब अमेरिकी डलर लगानी गर्न इच्छा देखाएको छ।

शनिबार लगानी सम्मेलनको अवसरमा कर्पोरेशनका उपाध्यक्ष ह्यान्स पिटर ल्याकेजले आगामी चार वर्षका लागि योजना बनाएको बताए।

‘आइएफसीले आगामी चार वर्षको लक्ष्य लिएर एक अर्ब लगानी गर्ने योजना बनाएको छ’, उनले भने, ‘हामी लगानीको लागि उपयुक्त बजार निर्माणका लागि आह्वान गर्न चाहन्छौं।’

पिटरले निजी क्षेत्रमा प्रतिस्पर्धात्मक खुबी आवश्यक रहेको उल्लेख गरे। साथै निजी क्षेत्र वैदेशिक पुँजी र विज्ञता भित्र्याउन तत्पर र प्रतिबद्ध रहनुपर्ने बताए। उनले भने, ‘निजी क्षेत्रले आफ्नो बजार खुम्च्याउनु हुँदैन। यसले विदेशीलाई स्वागत गर्नुपर्छ।’

उनले विश्वका ठूला परियोजनाको उदाहरण दिँदै लगानी रोजगारमुखी हुनुपर्नेमा जोड दिए। आइएफसीले निजी क्षेत्रको विकाससँग सम्बन्धित काम गर्छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६