निजी विद्यालयहरु जेठ २२ बाट सुचारु हुने

जागरणपोस्ट १७ जेष्ठ २०७७, शनिबार १९:४९

प्याब्सनले यही जेठ २२ गतेबाट विद्यालय खोल्ने जनाएको छ । निजी विद्यालयमा आर्थिक संकट पर्न थालेको र अभिभावक स्वयंले विद्यालय सूचारु गर्न दवाव दिन थालेपछि विद्यालय खोल्ने तयारी भैरहेको अध्यक्ष टीकाराम पुरीले जानकारी दिए। जेठ २२ गतेबाट पठन पाठन शुरु गर्ने होइन, विद्यालय प्रशासन खोलेर योजना बनाउने छौँ। उनका अनुसार परीक्षाफल सार्वजनिक नगरेका विद्यालयले परीक्षाफल प्रकाशित गर्ने र परीक्षाफल प्रकाशित गरिसकेका विद्यालयले भर्ना प्रक्रिया अघि बढाउनेगरी विद्यालय खोल्ने तयारी गरेको हो ।

अध्यक्ष पुरीक अनुसार सरकारले नखोल्नु भनेपनि हामीहरु जुनसुकै हालतमा खोल्ने तयारी गरेका छौँ । प्याब्सन र एन प्याब्सनले भोली आइतबार भर्चुअल पत्रकार सम्मेलन गरी विद्यालय खसला गर्ने विषयमा जानकारी दिनेछ ।

प्याब्सनका सह अध्यक्ष डिके ढुंगानाले सरकारले निजी विद्यालयको योगदानको विषयलाई वेवास्ता गरेको र बजेटमा कुनै सम्बोधन नगरेको कारण आफ्नै ढंगले अघि बढ्नुको विकल्प नभएको बताए । उनले भने,’अब २२ गतेबाट विद्यालयको प्रसाशन खोल्छौँ, त्यसपछि भर्नाको विषयमा तयारी गर्नेछौँ ।’शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले निश्चित मापदण्ड र कार्यविधि तयार गरी अनलाईन वा अन्य माध्यमबाट कक्षा सञ्चालन गर्ने तयारी भैरहेको बताए।

उनका अनुसार यो महिनाको २५ वा ढिलो भए असार १ गतेबाट विद्याथीको अभिलेखिकरण गर्ने र नयाँ भर्नाको प्रकृया अघि बढाउन निर्देशन दिने तयारी गरेका छौँ। प्याब्सन उपाध्यक्ष टीआर ढकालले भौतिक दुरी कायम गरी शिक्षक र कर्मचारीको स्वाथ्य परीक्षण गरेर मात्र विद्यालयको प्रशासन र भर्नाको कार्यक्रम अघि बढाउने तयारी भैरहेको जानकारी दिए।

सरकारले निजी विद्यालयलाई पुर्ण वेवास्ता गरेपछि प्याब्सन र एन प्याब्सनले लक डाउन लम्ब्याए वा नलम्ब्याए पनि विद्यालय खोल्ने तयारी गरेको हो । ‘प्याब्सन अध्यक्ष पुरीले सरकारले जस्तोसुकै कारवाही गरेपति त्यो भोग्न तयारी रहेको चेतापवनी दिँदै अबको ५ दिनपछि अर्थात जेठ २२ गतेदेखि विद्यालय खुला गर्ने स्पष्ट पारे। हामी भोली थप कार्यक्रम तय गर्नेछौँ’ उनको भनाई थियो । अभिभावक महासंघले पनि तत्काल समस्या समाधान गर्न विद्यालय खोल्नुको विकल्प नभएको जनाएको छ । संस्थागत विद्यालय शिक्षक युनियनले समेत विद्यालयमा पठन पाठन गर्ने वातावरण तयार पार्नुपर्ने जनाएको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८