असार १ गतेबाट पठनपाठन शुरु गर्न शिक्षामन्त्रीको आह्वान

जागरणपोस्ट १८ जेष्ठ २०७७, आईतवार १९:५७

काठमाडौं : कोरोना महामारी रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण शिक्षामा परेको असर न्यूनिकरणको लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले प्रयास थालेको छ ।

कोरोना संक्रमण दिनानुदिन बढ्दै गइरहेको छ । यस अवस्थामा पठन पाठन सहज बनाउनको लागि मन्त्रालयले “वैकल्पिक प्रणालीबाट बिध्यार्थीहरुको सिकाइ सहजीकरण गर्ने सम्बन्धि निर्देशिका २०७७” जारी गरी बैकल्पिक माध्यमबाट पठन पाठन सहज बनाउन लागेको छ । आगामी असार १ गतेबाट उक्त निर्देशिका कार्यान्वयन गर्नका लागि संघ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको छ ।

नयाँ शैक्षिक सत्र शुरु भएपनि कोरोनाको कारण पढाई सञ्चालन हुन सकेको छैन् । शिक्षामन्त्री गिरीराजमणी पोखरेलले आइतवार एक विज्ञप्ति जारी गर्दै लामो समयसम्म पढाई अवरुद्ध भएका कारण पुग्न जाने शैक्षिक क्षतिलाई न्युनीकरण गर्न अपरिहार्य रहेको भन्दै विद्यालय जाने उमेर समूहका बालबालिकाको दुर तथा खुल्ला शिक्षा लगायत बैकल्पिक प्रणालीबाट नियमित पठन पाठनमा सहजता प्रदान गर्नका निर्देशिका मार्फत पठनपाठन सहज बनाउने बताएका छन् ।


Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८