सम्झनामा पूर्वराजपरिवार, रहस्यकै गर्भमा जेठ १९

जागरणपोस्ट १९ जेष्ठ २०७७, सोमबार ०३:१०

जागरणपोस्ट : तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डकाे १९ वर्ष पूरा भएको छ ।
१९ जेठ २०५८ मा राति भएको त्रासदीपूर्ण दरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतिसहित राजदरबारका १० जना सदस्य मारिएका थिए।


दरबार हत्याकाण्ड भएको १९ वर्ष पूरा भए पनि अझै नेपाली जनताले पत्याउने गरी छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारले सकेको छैन। नारायणहिटी दरबार हत्याकाण्ड भएलगत्तै तत्कालीन सभामुख तारानाथ रानाभाटको नेतृत्वमा छानबिन समिति गठन भएर प्रतिवेदन सार्वजनिक भएको थियो । सो प्रतिवेदनमा तत्कालीन युवराज दीपेन्द्रले हत्याकाण्ड मच्चाएको उल्लेख गरिएको छ ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले त यो घटनालाई ‘ग्राण्ड डजाइन’को संज्ञा नै दिएका थिए । तर त्यो हत्याकाण्डको ग्राण्डडिजाइन कसले गरेको हो भन्ने अझै रहस्यकै गर्भमा लुकेको छ ।

नेपालको इतिहासकै सबैभन्दा अकल्पनीय र रहस्यमय घटनाको रुपमा लिइएको यस हत्याकाण्डमा तत्कालीन राजा वीरेद्रसहित रानी ऐश्वर्य, युवराज दिपेन्द्र र निराजन तथा युवराज्ञी श्रुती, अधिराजकुमार धिरेन्द्र, अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह लगायतको हत्या भएको थियो ।

यो घट्नामा पूर्वराजा ज्ञानेन्द्र, पत्नि कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए ।
दरवार हत्याकाण्डको छानबिन गर्न तत्कालिन सर्वोच्च अदालतका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय, सभामुख तारानाथ रानाभाट र तत्कालिन नेकपा (एमाले) नेता माधवकुमार नेपाल रहेको उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो । तर लगत्तै माधव नेपाल त्यो समितिमा बस्न भने मानेनन।

दरवार हत्याकाण्डको भोलिपल्ट बेलुकी सैन्य अस्पतालमा एउटा बैठक बसेको थियो । त्यहाँ ज्ञानेन्द्र, राजपरिषद्को अध्यक्षको हैसियतले ज्ञानेन्द्र, प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, सभामुख तारानाथ रानाभाट, राष्ट्रिय सभाका अध्यक्ष मोहम्मद मोहसीन, प्रतिपक्षी दलका नेताको हैसियतले म, राजसभा स्थायी समितिका सभापति केशरजंग रायमाझी, प्रधानन्यायाधीश केदारप्रसाद उपाध्याय र पशुपतिभक्त महर्जन समेतको बैठक बस्यो। उक्त बैठकमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाले भनेका थिए- मैले दरवार हत्याकाण्डको छानबिन आयोग गठन हुनुपर्छ भनें तर ज्ञानेन्द्र त्यसका लागि तयार भएनन । उनले पत्रकार सम्मेलन गरेर सबै कुरा क्लियर गरिदिन्छु भने । मैले कसैले पत्याउँदैन, त्यो हुँदैन, प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग बनाउनुपर्छ भनें र त्यसको लागि जोड दिने काम गरें। मान्छे मरिसकेको छ, मैले गरेको हुँ भनेर कसैले मान्नेवाला छैन।

उता छानविन आयोगमा माधवकुमार नेपाल पनि बस्न नमानेपछि सो समितिले छानविनको कर्मकाण्ड चाहिँ गरेको थियो । समितिले पेश गरेको प्रतिवेदनमा देवयानी राणासँग प्रेम सम्बन्धमा रहेका युवराज दीपेन्द्रले उक्त हत्या गरेको देखाएको थियो । प्रतिवेदनमा देवयानी र आफूबीचको विवाहको प्रस्तावलाई राजपरिवारले अस्वीकार गरेकाले हत्याकाण्ड मच्चाएको प्रतिवेदनमा उल्लेख छ । तर, उक्त प्रतिवेदनप्रति आमजनता अझै विश्वस्त हुन सकिरहेका छैनन् ।

यो अवधिमा दरबार हत्याकाण्डको रहस्य खोल्ने भन्दै धेरै पुस्तकहरु पनि लेखिए तर, हत्या यसैले गरेको हो भनेर कसैले किटान गर्न सकेका छैनन् ।

लेखक कृष्ण अविरलको ‘रक्तकुण्ड’, तत्कालीन सैनिक सचिव विवेककुमार शाहले ‘मैले देखेको दरबार’ लगायतले दरवार हत्याकाण्डका बारेमा पुस्तक लेखेर दोषी चित्रण गरिएपनि सर्वसाधारणले भने अझै पत्याउन सकिरहेका छैनन् । हत्या काण्डपछि राजा ज्ञानेन्द्र झण्डै ४ बर्ष कार्यकारी अधिकारसहितको राजा बनेपनि उक्त घट्नाको सत्यतथ्य बाहिर नल्याएको भन्दै सर्वसाधारणले उनीमाथि समेत औँलो ठड्याउने गरेका छन् ।

जसलाई नेपाली जनताले अझै पनि बिश्वास गरेका छैनन् । दरबारभित्र जीवित सदस्यसँगको सोधपुछका आधारमा प्रतिवेदन तयार पारिएको थियो । सो हत्याकाण्डमा वीरेन्द्रको वंश विनाश भएको थियो भने ज्ञानेन्द्र पत्नी कोमललाई गोली लागेको थियो ।

गणतन्त्र आए पनि हरेकजसो प्रधानमन्त्रीले दरबार हत्याकाण्डको छानबिन गरी सत्यतथ्य बाहिर ल्याउने बताए पनि हालसम्म कसैले त्यसमा चासो दिएका छैनन् ।
दरबार हत्याकाण्डका बेला प्रधानमन्त्री रहेका गिरिजाप्रसाद कोइरालाले त्यसलाई ग्राइन्ड डिजाइनको संज्ञा दिएका थिए । तर, यसबारे थप केही खुलासा नहुँदै उनको निधन भयो ।

दिपेन्द्रले परिवारका सदस्यहरुलाई गोलीले उडाएको र पछि आफैलाई गोली हानेको भनेर छानविन प्रतिवेदन सार्वजनिक गरिएपनि नेपाली नागरिकहरुले त्यसको विश्वास गरेका छैनन् । उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा जेठ १९ को त्यो कहालीलाग्दो रातले अहिले पनि हरेक नेपालीलाई झस्काउने गर्छ । राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थापना भइसके पनि तत्कालीन राजपरिवारको वंश नाश भएको जेठ १९ को नमिठो छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन।

नेपालको इतिहासमा कालरात्रिका रूपमा चर्चित दरबार हत्याकाण्ड १८ वर्ष पुग्दा पनि त्यससँग जोडिएका थुप्रै घटनाक्रम ‘रहस्यमय’ नै बनेका छन् ।

तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्यलगायत राजपरिवारका १० सदस्यले ज्यान गुमाएको यो कहाली लाग्दो घटनामा कसको हात थियो भन्ने विषय अझै अन्यौलमा छ ।

तत्काली युवराज दीपेन्द्रले आफ्नै परिवारमा गोलि चलाएको घटनाको अध्ययन गर्न बनेको तत्कालीन सर्वोच्च अदालतका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र तत्कालीन सभामुख तारानाथ रानाभाटको २ सदस्यीय टोलीले तयार पारेको अध्ययन प्रतिवेदनको निश्कर्ष भए पनि आम नेपाली जनता दीपेन्द्रले घटना घटाएको भन्ने विषय पत्याउँदैनन् । त्यसैले पनि यो घटना अझै रहस्यमय बन्दै गएको छ ।

समाजमा हत्याकाण्डका जुनसुकै घटना घटेपनि आम सर्वसाधारणले पीडितले न्याय पाउने विषयलाई दरबार हत्याकाण्डसँगै जोड्ने गरेका छन् । राजाको परिवारले न्याय नपाएको देश भन्ने टिक्का टिप्पणीले सामाजिक सञ्जालमा स्थान पाउने गरेको छ । अहिले पनि धेरैको माग दरबार हत्याकाण्डबारे निष्पक्ष छानविन होस भन्ने नै छ ।

दरबार हत्याकाण्डको प्रशंग जोडिएर धेरै पुस्तक प्रकाशन भएपनि त्यहाँ पनि अनुमानकै कुराबाहेक अन्य तथ्य सार्वजनिक हुन सकेको छैन । यदि दीपेन्द्रले नै गोली चलाएको भए कस्को उक्साहटमा परिवार सखाव हुनेगरी गोली प्रहार गरे । दीपेन्द्रको मानसिक स्वास्थ्यको अवस्था कस्तो थियो ? फायरिङ चल्दा त्यहाँ उपस्थित अङ्गरक्षक सैनिकहरूले किन नियन्त्रणको प्रयास गरेनन् ? दीपेन्द्रले आत्महत्या गरेकै हुन् त ? लगायतका जिज्ञाशाको उत्तर अझै आउन सकेको छैन ।

घटना भएको स्थल त्रिभुवन सदनलाई २०६१ सालमा भत्काइको छ । हत्याकाण्डमा प्रयोग भएको हतियार भने नेपाली सेनासँग सुरक्षित छ । दरबार हत्याकाण्डसम्बन्धी पुस्तक लेखेका इतिहासविद् प्रा.डा. राजकुमार पोखरेलले घटनास्थल नष्ट गर्नुलाई शङ्काको दृष्टिकोणले हेरिनुपर्ने तर्क गर्छन् ।

२०५८ साल जेठ १९ गते शुक्रबार राति सवा नौ बजे घटना भएको थियो । घटनामा परेका मृतक तथा घाइते राजपरिवारका सदस्यलाई छाउनी अस्पतालसम्म लगिएको थियो ।

पारिवारिक जमघटका बेला भएको घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो ।उदार राजाको छवि बनाएका वीरेन्द्रको बंश नाश भएपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । राजा वीरेन्द्रपछि उनका माइला भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भए । प्रत्यक्ष शासनसत्ता हातमा लिएर तानाशाही बन्न खोज्दा नेपालका राजनीतिक दलहरुले २०६२÷६३ मा दोस्रो जनआन्दोलन चर्काएर र नेपाललाई गणतान्त्रिक मुलुक नै घोषणा गरे । नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि अर्थात् २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्ति र गणतन्त्र स्थापनाको घोषणा भयो ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८