प्रसिद्ध दार्शनिक नोम चोस्कीले ठिकै भनेका थिए- प्राचीनकालदेखि नै युरोपेलीहरुको स्वाभाव हिंस्रक रहंदै आएको छ। अझ विशेष गरेर बेलायत र अमेरिका पछिल्लो ५०० बर्षदेखि निरन्तर हिंस्रक बन्दै आईरहेका छन र उनीहरुले हिंसा नै मन पराऊंदछन। उनीहरुले आफूबाहेक अन्यको अस्तित्व र प्रगति स्विकार्न सक्तैनन, तिनिहरुलाई आफ्नो अधिनमा राख्न चाहन्छन।
२५ मे २०२० का दिन अमेरिकाको मिनियापोलिस सहरको एक हिरासतमा यौटा क्रूर हत्याको केस सामुन्ने आयो। २० डलरको अवैध बिल प्रकरणमा पक्राऊ परेका एफ्रो-अमेरिकन नागरिक ४६ बर्षिय जर्ज फ्लोयडलाई हिरासतमैं प्रहरीद्वारा अत्यन्तै क्रूर तरिकाले घाँटी थिचेर मारेपछि अहिले अमेरिका जलिरहेको छ। सार्वजनिक भएका समाचारअनुसार ती कालाजातिका नागरिकलाई मिनियापोलिस सहरका पुलिस अफिसर डेरेक सोभिनले घोप्टो पारेर घाँटिमा घुँडाले आठ मिनेटजति थिचेर मारेका थिए। इनसाईडर पत्रीकाको प्रतिवेदनलाई आधार मान्ने हो भने उक्त घटनाताका ती प्रहरी अफिसर सोभिनसंगै अन्य चारजना पुलिसहरू थोमस लेन, टाउ थाओ र जे. अलेकजेन्डर कुङ पनि सहभागी रहेको पाईएको छ। उक्त पत्रिकाका अनुसार सोभिन र फ्लोयड मिनियापोलिसको एउटा रात्री क्लवमा संगै काम गदर्थे । सोभिन धेरै वर्षदेखि सुरक्षा अधिकारी र फ्लोयड बाउन्सरको रूपमा सन २०१९ देखि कार्यरत रहेको पाईएको छ।
दूनियालाई लोकतन्त्र र मानवअधिकारको पाठ पढाऊने अमेरिकाको लागि यतिखेर एफ्रो- अमेरिकन नागरिकको क्रूरतम हत्याको बिषयलाई लिएर स्वयं अमेरिका आफै मानवअधिकार र लोकतन्त्रप्रति प्रतिवद्ध नभएको सन्देशसहित विश्वभर चर्चामा आएको छ भने अर्कोतर्फ अमेरिकामा चरमचूलीमा रहेको रंगभेदले फेरि पनि एकपटक अमेरिकालाई नराम्रोसंग बदनाम गराईदिएको छ।
अश्वेत नागरिकलाई पनि समान अधिकार र समान सम्मानको लागि भनेर लामो समयसम्म अहिंसात्मक आन्दोलन गरेका मार्टिन लूथर किंगलाई पनि सन १९६८ मा हत्या गरियो र उक्त हत्यापश्चात भएको आन्दोलनभन्दा चर्को आन्दोलनको सामना यतिबेला अमेरिकाले बेहोर्नुपरेको छ। एकातर्फ कोरोना कहरले त्राहीमाम भएको अमेरिका अर्कोतर्फ रंगभेद आन्दोलनको कारण संकटग्रस्त छ। रंगभेदबिरुद्धको आन्दोलनमा अमेरिकाका ७५ भन्दा बढि शहरमा हिंस्रात्मक प्रदर्शन एवं लुटपाट भएको छ। आन्दोलनले अत्याधिक हिंस्रक रुप लिएकामध्ये ४० वटा सहरमा कर्फ्यू आदेश समेत जारी गर्नुपरेको छ भने ट्रम्प बंकरभित्र लुक्न बाध्य छन भने प्रदर्शन भएका सहरमा सेना परिचालन गर्ने बताईरहेका छन।
अमेरिकामा काला जातीहरुलाई क्रूर तरिकाले मारिएको यो पहिलो घटना भने होईन। जर्ज फ्लोयडजस्तै अर्का अश्वेत नागरिक एरिक गार्नरलाई पनि सन २०१४ मा न्युयोर्कमा यसैगरी घाँटी थिचेर मारिएको थियो। उनलाई खुल्ला सिगरेट बेचेको आरोपमा गिरफ्तार गरि हत्या गरिएको थियो। त्यस्तै सन २०१२ मा अमेरिकाको फ्लोरिडा राज्यमा अर्का एक अश्वेत नागरिक ट्रेवोन मार्टिनलाई पनि गोली हानी हत्या गरिएको थियो, तर अदालतलले गोली हान्ने श्वेत नागरिकलाई निर्दोष घोषणा गरिदिएको थियो। त्यस्तै २०१४ कै अगस्तमा अमेरिकाको एक सहर मिसुरीमा माइकल ब्राउन नामक अश्वेत नागरिकको हत्या गरिएको थियो। उनको हत्यामा पनि प्रहरीकै संलग्नता थियो। यस हत्याका विरुद्ध पनि अमेरिकामा प्रदर्शन चर्किएको थियो, तर कुनै नतिजा भने निस्किएन। १३ जुलाई २०१९ मा एक १७ बर्षिया अश्वेत युवती हन्ना विलियम्सलाई प्रहरीले गोली हानी मारेको थियो। सन २०१५ मा २४ वर्षिय काला जमर क्लार्कलाई पुलिसले बर्बरपूर्ण तरिकाले मारेको थियो । सन २०१६ मा ३२ वर्षिय अर्का काला फिलान्डो कासटाइलको पुलिसद्वारा हत्या भएको थियो । सन २०१८ मा ३१ वर्षिय काला थर्मन ब्लेभिन्सलाई पुलिसले पछाडिबाट गोलि हानेर मारेको थियो ।
काला जातीमाथी अमेरिकामा बर्बर दमन तथा हत्याका यी त केहि प्रतिनिधि उदाहरणमात्र हुन। सन २०१८ मा वसिंटन पोस्टले सार्वजनिक गरेको एक तथ्यांकअनुसार अमेरिकामा प्रहरीले पक्राऊ गरेकामध्ये श्वेत नागरिकको तुलनामा अश्वेत नागरिकहरुले प्रहरी प्रताडनाको अत्याधिक सामना गर्नुपरेको हुन्छ। यसरि प्रताडित हुनेमा श्वेत नागरिकको तुलनामा अश्वेत नागरिक पनि अधिक रहेको पाईन्छ।
रंगभेद र नश्लियताले नराम्रोसंग गाँजेको अमेरिकामा श्वेत र अश्वेत नागरिकबिचको दूरी पनि उत्तिकै बढेको देखिन्छ। कथं अमेरिकामा कुनै श्वेत नागरिक अश्वेत नागरिकद्वारा मारियो भने उक्त मुद्दा सुल्झिन साह्रै कठिन हुनेगर्दछ भने श्वेतद्वारा अश्वेत नागरिक मारिंदा घटना भने नाटकीयरुपमा सामसुम पारिएका प्रशस्त उदाहरणहरु छन। जर्ज फ्लोयडको केसबाहेक माथी प्रस्तुत अन्य तीनवटा घटनामा अदालतले श्वेत नागरिककै पक्षमा फैसला सुनाएको थियो। यसबाट पनि के प्रष्ट हुन्छ भने अमेरिकामा रंगभेदले प्रशासन हुँदै अदालतसम्मै जरो गाडेर बसेको छ।
माथी उल्लेखित उदाहरण घटनाक्रमले के देखाऊँछ भने अमेरिकामा अश्वेतद्वारा गरिने स-साना गल्तीमा पनि ती नागरिकहरुले चरम यातनाको भागिदार बन्नुपर्ने हुन्छ भने श्वेत नागरिकको लागि अश्वेतमाथीको आक्रमण आम मानिन्छ। अमेरिकामा बेलाबखत हुने गोलीकाण्डमा अधिकांश श्वेत नागरिककै हात रहने गरेको पाईएको छ र त्यस्ता गोलीकाण्डमा स्कूले बालबालिकादेखि लिएर पैदल हिंड्दैगरेका दर्जनौं सर्वसाधारणसम्मले मृत्युवरण गर्नुपरेको छ। अमेरिकामा बेलाबखत घटिरहने गोलीकाण्डका कारण बर्षेनी दर्जनौं नागरिकले अनाहकमा ज्यान गुमाउदासम्म पनि अमेरिकाले आफ्ना नागरिकसंग रहेका हतियारहरु नियन्त्रणमा लिननसक्नु अर्को असक्षमता हो भने नागरिकलाई मनलाग्दो हत्यामा सामेल गराऊनाले अमेरिका लोकतन्त्र र मानवअधिकारको वर्खिलाप रहेको प्रष्ट हुन्छ।
अमेरिकामा बढ्दो `गन कल्चर´का कारण कैयन दुखद घटनाहरु घटेका छन। यसका वावजुद पनि राष्ट्रपति ट्रम्प यस कल्चरमाथी लगाम लगाऊने मूडमा देखिंदैनन, उल्टै आफू राष्ट्रपति रहुन्जेल नागरिकले बन्दुक राख्न पाऊने अधिकारमा कुनै संशोधन हुनेछैन भनि भाषण दिंदै हिंडेको पाईन्छ। एक सर्वेक्षणका अनुसार ४० प्रतिशत अमेरिकनहरुको हात हातमा बन्दुक रहेको पाईन्छ। सन २०१६ मा मात्रै गोली लागेर अमेरिकामा ११ हजारको मृत्यु भएको थियो। सांच्चै भन्ने हो भने विश्वभर लोकतन्त्र र मानवअधिकारको वकालत गरेर नथाक्ने अमेरिकामा एकैबर्षमा गोली लागेर ११ हजार नागरिकको मृत्यु हुँदासम्म उसले आफ्नो देश लोकतन्त्र र मानवअधिकारको पक्षमा दृढ छ भनेर भन्न सुहाऊला र? गोली लागेर मृत्यु भएका के नागरिक होईनन? के ती नागरिकको बांच्न पाऊने अधिकार थिएन?
अर्कोतर्फ अमेरिकामा हरेक बर्ष १० हजारभन्दा बढि नश्लिय विभेदका घटना सार्वजनिक हुन्छन जसमा अधिकांश अश्वेत नागरिक उत्पिडनमा परेका उजुरी हुन्छन। संसारभर लोकतन्त्र, मानवअधिकार र समानताको पाठ पढाऊंदै हिंड्ने अमेरिकालाई के यस्ता केसहरुले अलिकति पनि लाज लाग्दैन? आफ्नो घरभित्र चाङ्ग लागेका नश्लिय विभेद र अत्याचारका मुद्दाको उचित सम्बोधनबिना नै अमेरिकाले कुन नैतिकको आधारमा बाकी बिश्वसंग फेस गर्दछ?
अमेरिकामा ब्याप्त नश्लिय भेदभावविरुद्ध सन १९५५ देखि १९६८ सम्म चलेको आन्दोलनले श्वेत र अश्वेतमाथीको बिभेदपूर्ण व्यवहारलाई पूर्णरुपमा गैरकानुनी घोषणा गरेको थियो। सन १९६६ मा शुरु भएको अश्वेत शक्ति आन्दोलन १९७५ मा गएर टुंगिएको थियो। उक्त आन्दोलनको बलद्वारा अमेरिकामा नश्लिय विभेदको अन्त्य भएको थियो भने अश्वेत नागरिकले पनि श्वेत नागरिकलेझैं अमेरिकामा सम्पूर्ण सेवासुविधा, सम्मान, अवसर र अधिकार प्राप्त गर्ने ब्यवस्था मिलाईएको थियो। उक्त ब्यवस्थापश्चात पनि अमेरिकामा काला जातीहरुमाथी दमन र हत्याको शिलशिला रोकिएन। अश्वेतमाथी घटाईएको पछिल्लो घटनाले अमेरिकामा फेरि काला जाती र गोरा जातीबिचको बहस सतहमा ल्याईदिएको छ। तुलनात्मक रुपमा पनि अमेरिकामा गोरा नागरिकभन्दा काला नागरिकहरु गरिब रहेका पाईन्छन। जसको कारण उनीहरुमाथी हरेक क्षेत्रमा विभेदपूर्ण व्यवहार गरिंदै आईएको छ।
यद्यपि अमेरिकामा नश्लिय बिभेदमात्र होईन, साम्प्रदायिक विभेद पनि उत्तिकै रहेको छ। सेप्टेम्बर ११ को घटनालाई यसै साम्प्रदायिक बिभेदको उपज मान्न सकिन्छ जुन बिभेदलाई वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अनुमोदन गर्दैआएका छन। ट्रम्प चुनावी मैदानमा छंदा नै अमेरिकामा मुश्लिम समुदायको प्रवेशलाई रोक्ने उद्धोस गरेका थिए। प्यू रिसर्च सेन्टरले सार्वजनिक गरेको तथ्यांकअनुसार अमेरिकामा मुश्लिम समुदायको संख्या करिब ३३ लाख रहेको छ। ३२.२ करोड हाराहारी जनसंख्या रहेको अमेरिकामा मुश्लिम समुदायको हिस्सा जम्माजम्मी १ प्रतिशतमात्र रहेको पाईन्छ। चुनावमा बिजयी भएपश्चात नै मुश्लिम समुदायमाथी निगरानी बढाऊँदै लगेका ट्रम्पले मुश्लिम समुदायमाथी कडा निति पनि अख्तियार गरेका छन।
संसारलाई लोकतान्त्रिक मूल्य र मानवअधिकारको पाठ पढाऊंदै हिंड्ने अमेरिकाले आफ्नै देशमा धार्मिक र नश्लिय बिभेदलाई भने यथावत राख्दै आएको छ उनीहरुमाथी वर्वरपूर्ण आक्रमण र बिभेदपूर्ण व्यवहार गर्दैआएको छ। एफ्रो- अमेरिकन मूलका बाराक ओबामा राष्ट्रपति पदमा रहंदा नश्लिय एवं साम्प्रदायिक बिभेदको अन्त्य गर्ने घोषणा गरेता पनि नश्लिय दंगा भने कायम नै रहिरह्यो। अश्वेतहरुको हत्या हुँदा दोषीलाई न्यूनतम कारवाहिमा मात्र पारियो भने अदालत सदैव नश्लिय बिभेदपूर्ण मानशिकताले ग्रस्त रहिरह्यो।
लोकतन्त्र बिचार, अभिब्यक्ति, बिश्वास, प्रतिष्ठा र ब्याक्तिको इज्जतद्वारा नै स्थापित हुने पद्धति हो। विश्वमा लोकतन्त्र र मानवअधिकारको दुहाई दिएर नथाक्ने अमेरिकाले नै बिचार, अभिव्यक्ति, विश्वास, प्रतिष्ठा र सम्मानकै घाँटी थिच्दैछ। विश्वमा मानवअधिकारको लागि ठुला कुरा गर्ने अमेरिकामा दिनदहाडै नागरिक गोलीद्वारा भुटिन्छन, अश्वेतहरुमाथी बर्बर दमन गरिन्छ र १६ बर्षको उमेरबाट नै चेलीहरु बलात्कृत हुनपुग्दछन। ह्वाइट हाऊसले जारी गरेको एक रिपोर्टअनुसार करिब २ करोड २० लाख अमेरिकी महिला र १६ लाख पुरुषले बलात्कारको सिकार हुनुपरेको गुनासो सार्वजनिक भएको थियो। सार्वजनिक रिपोर्टअनुसार अमेरिकामा हर ५ छात्रामध्ये १ छात्रा यौन शोषणको सिकार हुनेगर्दछन भने यौन शोषणका हर ८ वटा केसमध्ये यौटामात्र केस पुलिस रिपोर्टमा आऊनेगर्दछ। यसरि यौन शोषणको सिकार हुनेमा पनि ३३ प्रतिशत भन्दा बढि अश्वेत महिलाहरु हुनेगरेका छन। आफ्नै देशभित्र दुरुह हुँदै गइरहेको लोकतन्त्र र मानवअधिकारको अवस्थालाई चटक्कै बिर्सिएर कसरि अमेरिका दुनियालाई लोकतन्त्र र मानवअधिकारको पाठ सिकाऊदै हिंड्न सक्तछ?
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]