कर मिनाहाको माग गर्दै बिरगंजमा प्रदर्शन

जागरणपोस्ट २८ जेष्ठ २०७७, बुधबार १४:४६

कोरोना महामारीको बेलामा पनि कर उठाउने संघीय सरकारको नीतिको विरोधमा वीरगञ्जमा प्रदर्शन भएको छ ।

वीरगञ्जको घण्टाघरमा सामाजिक दुरी कायम राखेर समाजवादी युवा संघका नेता तथा कार्यकर्ताहरुले बुधबार सरकारको विरोध गरेका हुन् ।

लकडाउन अवधिभरको कर, बैंक ब्याज, बिजुलीको बिल, स्कुल तथा कलेजको शुल्क र घर भाडा मिनाहको माग गर्दै जनता समाजवादी पार्टी निकट संघका नेता तथा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका हुन् ।

प्रदेश २ लाई विशेष आर्थिक प्याकेज घोषणा गर, मलखाद तथा बिउबिजन सुलभ रुपमा उपलब्ध गराउने गराऊ, आरटी पीसीआर किट पर्याप्त मात्रामा उपलब्ध गराऊ, विदेशमा फसेका नेपालीलाई अबिलम्ब उद्धारको व्यवस्था मिलाऊ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरिएको युवा संघका नेता फिरोज मन्सुरले जानकारी दिए ।

सरकारले जनताको दुःख नबुझेका कारण सांकेतिक रुपमा विरोध गर्दै राज्यको ध्यानाकर्षण गराइएको संघका प्रदेश सदस्य शिव कुमार साहले बताए।

Facebook Comments

जागरण टिभी

सम्पादकीय

सबै हेनुर्होस

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

आज अन्तर्राष्ट्रिय महिला दिवस, महिला हकहित, सशक्तिकरण, लैंगिक विभेद एवं हिंसा अन्त्य एवं अधिकार प्राप्तीको सवालमा यस दिवसको अवसर पारेर अझ यौटा नयाँ मार्गको साझा

Subodh Regmi २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५