प्रदेश सरकारमाथी खनिए सिके राऊत, भोजमा ४ करोड उडाऊनेले किन हावाहुरी पिडितलाई सहयोग गर्दैनन?

जागरणपोस्ट २१ चैत्र २०७५, बिहीबार ०९:४८

स्वतन्त्र मधेसकाे आन्दाेलन त्यागेर भर्खरै राष्ट्रिय राजनीतिको मूलधारमा आएका डाक्टर सीके राउतले प्रदेश नम्बर दुई सरकारको कडा आलोचना गरेका छन् । राउतले प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतलाई केन्द्रित गरेर कडा आलोचना गरेका हुन् ।

आइतबार बेलुका अचानक प्रदेश २ को बारा र पर्सा जिल्लामा आएको हावाहुरीका कारण प्रभावितलाई राहत दिन नसकेको भन्दै उनले मुख्य मन्त्री राउत नेतृत्व प्रदेश सरकार भ्रष्ट रहेको टिप्पणी गरेका छन् ।

उनले पर्सा र बारा हुरीबाट प्रभावित जनतालाई १०/२० दिन सामूहिक मेस सञ्चालन गरेर दालभात खुवाउन नसकेको भन्दै मुख्यमन्त्री लालबाबु राउतलाई प्रश्न गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘बाराका हुरीपीडित जनताहरूलाई १०-२० दिन सामूहिक रूपमा मेस सञ्चालन गरेर दालभात खुवाउन मुख्यमन्त्रीलाई केन्द्र बाधा भयो ? बहानाको पनि हद हुन्छ ।’

उनले हावाहुरीका कारण घरबारविहिन भएकाहरुलाई खानासमेत खुवान नसकेको भन्दै सबैकाम केन्द्र सरकारले मात्रै गर्नु पर्ने भए प्रदेश सरकार के का लागि भन्ने प्रश्न गरेका छन् ।

‘मुख्यमन्त्रीले विदेशीलाई ३६ व्यञ्जन खुवाउन एकैदिन ७३ लाख खर्च गर्दा केन्द्र बाधा भएन, भोजभतेरमै ४ करोड स्वाहा गर्दा केन्द्र बाधा भएन । जनतासँग छाला काढेसरी कर बढाएर उठाएको करोडौं रुपैयाँ पोखरी र मन्दिर सौन्दर्यीकरणका नाममा आफ्ना लठैत पाल्न केन्द्र बाधा भएन ।’

प्रदेश सरकारले बाहना गर्दै हावाहुरी पीडितहरुलाई राहत नदिएको आरोप सीके राउतको छ । केन्द्र सरकारलाई दोष लगाएर प्रदेश सरकारले आफ्नो असक्षमता र भ्रष्टाचार लुकाउन खोजेको जनाएका छन् ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६