कोर्ष छिटै सकाएको भन्दै बिद्यार्थीले दलिदिए कालोमोसो

जागरणपोस्ट २१ चैत्र २०७५, बिहीबार १२:१३

चितवन- रामपुर कृषि तथा वन बिज्ञान विश्वबिद्यालयका कृषि संकायका प्रशासनिक सहायक डिन तथा प्राध्यापक बिष्णुराज ओझामाथि कालोमोसो र जुत्ताको माला लगाईएको छ । विश्वविद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले ओझालाई कालोमोसो दली जुताको माला लगाईदिएका हुन् ।

३० दिनमा सकाउनु पर्ने कोर्ष ४ दिन त्यसमाथि २ / २ घण्टाका दरले ८ लेक्चरमा सकाएको र छैटौ सत्रान्तको कोर्ष तीन वटा सेक्सनका १ सय ६५ विद्यार्थीलाई एउटै सेक्सनमा राखेर झारा टार्दै कोर्ष सकाउने काम गरेको भन्दै बिद्यार्थीहरुले ओझा माथि कालोमोसो दल्नु परेकोे बताए ।

बिगत वर्ष देखि ओझाले बिद्यार्थीको भविष्यमाथि खेलवाड गरि यसरी नै कक्षा चलाउदै आएको र विरोध गर्ने कोहि निस्के उसको प्राक्टिकल नम्वरनै कम दिएर दुःख दिने गरेको बिद्यार्थीको आरोप छ ।

यस पटक पनि उनको शिक्षण सिकाई क्रियाकलापको बिरोध गरेका चौथो सत्रान्तको ४ जना बिद्यार्थीको नम्वर निकै कम दिएपछि बिद्यार्थीहरु थप आन्दोलित बनेको र प्रशासनलाई ओेझाको प्रवृतिका बारेमा ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाई नभएपछि बिद्यार्थी आफैले कारवाही गर्नु परेको बिश्वबिद्यालय बिद्यार्थी नेता बामदेव रेग्मीले बताउनु भयो ।

एउटा प्राध्यापकको भन्दा पनि विश्वबिद्यालयका समग्र प्राध्यापकहरुको प्रवृतिकाबिरुद्ध आफुहरुको सघर्ष रहेको नेता रेग्मीको भनाई छ । यता यस विषयमा प्राध्यापक ओझासँग सम्पर्क गर्दा उहाँ सम्पर्कमा आउन चाहनु भएन ।

Facebook Comments

जागरण टिभी

सम्पादकीय

सबै हेनुर्होस

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

आज अन्तर्राष्ट्रिय महिला दिवस, महिला हकहित, सशक्तिकरण, लैंगिक विभेद एवं हिंसा अन्त्य एवं अधिकार प्राप्तीको सवालमा यस दिवसको अवसर पारेर अझ यौटा नयाँ मार्गको साझा

Subodh Regmi २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५