विरगन्जमा भेटिएको बेवारिसे शवमा कोरोना सङ्क्रमण पुष्टि

जागरणपोस्ट ३१ जेष्ठ २०७७, शनिबार ०८:४८

वीरगञ्जको घन्टाघरमा भेटिएको वेवारिसे शवमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज बिहान मृत भेटिएका एक युवामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै, नेपालमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । यसअघि नेपालमा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भइसकेको छ ।

वीरगञ्जमा भेटिएका मृतकको शव पोष्टमार्टमपछि पनि नारायणी अस्पतालमै राखिएको थियो । उनको नाम, थर र ठेगाना खुलेको छैन ।

बेवारिसे अवस्थामा भेटिएको उक्त शवको पिसीआर परीक्षणका लागि अस्पतालले स्वाब संकलन गरेको थियो ।

सोक्रममा मृतकको पिसीआर रिपोर्ट पोजेटिभ आएको वीरगञ्जस्थित नारायणी अस्पतालले जनाएको छ ।

शव उठाउने काममा खटिएका तीन जना प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ ।

Facebook Comments

जागरण टिभी

सम्पादकीय

सबै हेनुर्होस

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

आज अन्तर्राष्ट्रिय महिला दिवस, महिला हकहित, सशक्तिकरण, लैंगिक विभेद एवं हिंसा अन्त्य एवं अधिकार प्राप्तीको सवालमा यस दिवसको अवसर पारेर अझ यौटा नयाँ मार्गको साझा

Subodh Regmi २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५