वेदवेदान्त, दर्शन, शास्त्र आदिका ज्ञाता श्रवणकुमार आमा–बुवाको निस्वार्थ सेवा र भक्तिमा कति धेरै शक्ति छ हुन्छ भन्ने कुरा विश्वलाई देखाउन चाहन्थे । उनी भन्थे, “आमा–बुवाको सेवा र भक्तिमा नै सबै सुख समाहित छन् । निस्वार्थ भावनाले गरिने आमा–बुवाको सेवा सबैभन्दा ठूलो ईश्वर–पूजा हो । आमा–बुवाको सेवामा बगाइने पसिना शिव–पूजामा चढाइने जल–धारा हो । ‘मातृदेवो भव, पितृदेवो भव’ मन्त्रभित्र सम्पूर्ण शक्ति लुकेको हुन्छ । आमा–बुवाको खुसी र प्रसन्नतासँगै अभिव्यक्त हुने आशीर्वचनमा अपार आनन्द र सार्थकता हुन्छ ।” उनको यही मान्यताले गर्दा उनी सबैका प्रशंसनीय र पुजनीय बनेका थिए ।
आप्mना आमा–बुवालाई तीर्थ–यात्रा गराउँदै उनी अयोध्या पार गरी काशीको यात्रामा थिए । आमा–बुवा रहेको खर्पन बोक्दा–बोक्दा उनको काँधको छाला मात्रै गएको थिएन हड्डी पनि खिइएको थियो । शरीर एकदम दुब्लो र पातलो भएको थियो । तर पनि उनमा अथाह शक्ति देखिन्थ्यो, अपार खुसी छचल्किन्थो । अनुहारमा चमक झल्किन्थ्यो ।
“अब भोलि वा पर्सिसम्ममा त अवश्य काशी पुगिन्छ । भागिरथी गङ्गामा स्नान गरी जल सेचन गर्न तथा विश्वनाथ मन्दिरमा गई भगवान् विश्वनाथको दर्शन गर्न मात्र बाँकी त छ । यसपछि त आमा–बुवाको आँखामा ज्योति आइहाल्छ । “अहा ! त्यो समय कस्तो होला जुन समय ‘मेरो बाबू, मेरो छोरा’ भन्दै मेरो कपाल र गाला सुमसुम्याउनुहुनेछ ।” यस्ता मीठा–मीठा कल्पना गर्दै उनी लम्किरहेका थिए । ।
जेठ महिनाको टण्टलापुर गर्मी, जमिन भतभती तातेको थियो । पसिनाले निथ्रुक्क भिजेका श्रवणकुमार आमा–बुलाई बोकेर हिँडिरहेका थिए । “बाबू श्रवण ! एकदम तिर्खा लाग्यो, ओँठ–मुख सुक्यो । कतै पानी पाइन्छ भने गएर ल्याउन है ।”
श्रवणकुमारले वर–पीपलको चौतारीमा आमा–बुवालाई राखे र कतै पानी छ कि भनेर यताउति आँखा लगाए । संयोगवस त्यस जङ्गलको नजिकै एउटा तलाउ थियो । श्रवण खुसी भए । कमण्डलु लिएर उनी तलाउतिर लागे । तलाउमा गएर श्रवणले हात–मुख धोए, धीत मरुञ्जेल पानी खाए अनि कमण्डलु सफा गरी पानी भरे ।
यतिखेर श्रवणकुमार गाउँको बीचभागमा रहेको विशाल जङ्गलको तलाउमा थिए । अनेकथरि जङ्गली जनावरहरू पाइने हुनाले त्यो जङ्गल सिकारका लागि निकै प्रसिद्ध थियो । राजा–राजकुमारहरू सिकार खेल्न भनी त्यही जङ्गलमा आउँथे ।
अयोध्याका राजा दशरथ सिकार खेल्नेक्रममा त्यसै जङ्गलमा थिए । दिउसोको गर्मिमा पानी खान भनी जङ्गली जनावरहरू तलाउमा आउने हुनाले उनी तलाउको पर कसैले नदेख्ने गरी बसेका थिए । अचानक उनका अगाडि हुँदै बाघ, चितुवा, मृग आदि जनावरहरू कुदेर गए । राजा सतर्क भए । एकछिनपछि तलाउको पानीबाट कलकल आवाज आयो । राजाले कान ठाडा पारे । कुनै जनावरले पानी खाइरहेको आवाज निस्कियो । राजाले त्यही पानीको आवाजतर्फ निशाना गरी शब्दभेदी वाण चलाए । राजाको निशाना अचुक थियो । ताकेको ठाउँमा नलाग्ने त कुरै थिएन । तर विडम्बना ! यसपटक राजाको वाण कुनै जङ्गली जनावरमा नलागेर श्रवणकुमारमा लाग्यो ।
“ऐया, मरेँ नि बाबा, ऐया मरेँ नि आमा, ऐया !”
मानव–चित्कार सुनेर राजा दशरथको मन आत्तियो । आपूmबाट ठूलै अपराध भएको महसुस भयो । उनी दौडेर तलाउमा पुगे । त्यहाँ श्रवणकुमार रगताम्मे लडिरहेका थिए, वाणले उनको शरीर छियाछिया भएको थियो । अद्र्धमूर्छित अवस्थामा आमा–बुवालाई पुकारी छटपटाइरहेका थिए ।
श्रवणकुमारको अवस्थाले राजा दशरथको मन भावविह्वल भयो । उनले श्रवण समक्ष आपूmबाट अनजानमा अपराध भएको स्वीकार गर्दे माझी मागे । तर समय निकै ढिलो भएको थियो । पीडामा छटपटाउँदै मृत्यु कुरिरहेका श्रवणकुमारले राजालाई भने, “हे महाराज ! मेरा आमा–बुवा पानी–तिर्खाले व्याकुल हुनुहुन्छ । पानी लगेर उहाँहरूलाई खुवाउनुहोस् र उहाँहरूसँगै माफी माग्नुहोस् ।”
आपूmबाट भएको घोर अपराधका कारण विक्षिप्त राजा कमण्डलुमा पानी लिएर उभिए । महात्मा शान्त्वन र ज्ञानवतीलाई उनी राम्ररी चिन्दथे । उनीहरूको अवस्थाबाट पूर्ण परिचित पनि थिए । श्रवणकुमारको मृत्युको असह्य पीडा दृष्टिविहीन उनीहरूले कसरी सहन सक्थे । राजालाई ठूलो पश्चात्ताप भयो ।
“हे महाराज ! हजूरको वाणबाट म त मारिएँ नै, यदि समयमै मेरा आमा–बुवालाई पानी खान दिनुभएन भने उहाँहरूको पनि प्राण जानेछ । हे राजन ! कत्ति ढिलो नगरी जानुहोस् । अनि सक्नुहुन्छ भने मेरा अन्धा बुवा–आमालाई काशीको तीर्थ, भागिरथी गङ्गाको जलले आँखामा सेचन तथा विश्वनाथको दर्शन गराइदिनुहोला ।”
‘ॐ” मातृदेवो भव, पितृदेवो भव’ मन्त्र जप्दै श्रवणकुमारले जिव्रो टोके ।
छोराको व्यग्र पर्खाइमा रहेका दृष्टिविहीन बुवा–आमा राजाको पदचापलाई छोराको पदचाप मानी खुसी भए । “ए बाबू श्रवण ! किन यतिका समय लगाएको ? हेर त, हामी तिर्खाले कति व्याकुल छौँ, छिट्टै पानी खान देऊ ।”
राजा दशरथले विस्तारै पानीको कमण्डलु शान्त्वनको हातमा दिए । हातको स्पर्शबाट नै यी हाम्रो छोरा श्रवण होइनन् भन्ने कुरा शान्त्वनले थाहा पाए । “हे महाशय ! हजूर को हुनुहुन्छ ? हाम्रो छोरा श्रवण खै ? ऊ किन आएनन् ? किन बोल्नुहुन्न ?” उनीहरूको मनमा गम्भीर आशङ्का उत्पन्न भयो ।
“हे महात्मन ! मैले हजूरहरूको छोरालाई ल्याउन सकिनँ । उनी मेरा कारण कहिल्यै नआउने गरी गए । म अपराधी हुँ । मलाई क्षमा गर्नुहोस् ।”
राजाको कुराले आमा–बुवा स्तब्ध भए । बलीन्द्रधारा आँशु झार्दै भने, “छोरा श्रवण हामी अन्धाको लट्ठी थियो, आँखाको ज्योति थियो, मनको आशा थियो, जीवनको भरोसा थियो । यस्तो हाम्रो छोराको हत्या गर्ने तिमी को हौ ? हाम्रो देवता जस्तो छोरालाई किन मा¥यौ ?”
“हे महात्मन ! म अयोध्याको राजा दशरथ हुँ । हिंस्रक जङ्गली जनावर ठानी प्रहार गरेको ‘शब्दभेदी वाण’ हजूरहरूको छोरालाई लाग्यो । म अपराधी हुँ । मलाई सजाय दिनुहोस् ।”
राजाको कुराले मर्माहत आमा–बुवा एकछिन् चूप रहेर भने, “हे महाराज ! तपाईंले हाम्रो लट्ठी भाँचिदिनुभयो, हाम्रो दृष्टि खोसिदिनुभयो, हाम्रो आवाज छिनिदिनुभयो, हाम्रो खुसी लुटिदिनुभयो, हामीलाई सहाराविहीन बेवारिसे बनाइदिनुभयो । तपाईं अपराधी हो । आपूmले गरेको अपराधको फल तपाईंले भोग्नैपर्छ । म तपाईंलाई सराप दिन्छु ।”
“हे महाराज ! हामीलाई जसरी पुत्र–वियोगमा तड्पिनुपरेको छ, त्यसैगरी तपाईंलाई पनि पुत्रवियोगमा तड्पिनुपरोस् र यही पुत्र–वियोगकै कारणले मर्नुपरोस् ।” यति भनी आमा ज्ञानवतीले प्राण विसर्जन गरिन् ।
पत्नीको पनि मृत्युले विक्षिप्त अवस्थामा पुगेका शान्त्वनको अवस्था झनै नाजुक भयो । “हे राजन ! तपाईंले हाम्रो छोराको मात्र हत्या गर्नुभएन, हाम्रो पनि हत्या गर्नुभयो । तपाईंको अपराधलाई म सराप दिन्छु, “हे राजा दशरथ ! जसरी पानी–प्यासले व्याकुल हामीलाई मर्न लाग्दा पनि पानी खुवाउने छोरो भएन, त्यसैगरी तपाईंको मृत्युको समयमा पनि तपाईंलाई पानी खुवाउने कुनै पुत्र नहोउन् ।” यस्तो सराप दिई शान्त्वनले पनि आँखा चिम्लिए ।
अयोध्याधिपति दशरथरबाट केवल आमा–बुवाका भक्त श्रवणकुमारको मात्र मृत्युु भएन छोराको मृत्युको पीडा सहन नसकेर दृष्टिविहीन आमा–बुवाको पनि मृत्यु भयो । यिनै राजा दशरथ हुन् जसले तलाउमा डुबेर मर्न लागेको श्रवण कुमारलाई जीवन दिएका थिए । आज तिनै राजाबाट आपैmले जीवन दिएका उनैको श्रवणको जीवन लिए ।
एकातिर श्रवणकुमार जस्तो आमा–बुवाका भक्तको हत्या, अर्कातिर दृष्टिविहीन आमा–बुवाको कहाली लाग्दो मरण । यसको फल राजाले पाउनैपथ्र्यो । आप्mनै प्रिय रानी कैकेयीको इच्छानुसार राजाले आप्mनो प्रिय छोरा रामलाई चौध वर्षको वनवास घोषणा गर्नुप¥यो । रामको वनवासको पीडा सहन नसकी उनी थला परे । यही पुत्र–वियोगको कारण उनको मृत्यु भयो, उनको मृत्युको समय कुनै एकजना छोरा पनि पानी खुवाउन आएनन् ।
वास्तवमा श्रवणकुमार र उनका आमा–बुवाको अन्त्य जे–जसरी भए पनि यो उनीहरूको प्रारब्धको फल थियो । तर श्रवणकुमारले यस पृथ्वीमा रहुञ्जेल आफ्ना दृष्टिविहीन आमा–बुवालाई साक्षात् ईश्वर ठानेर जुनकिसिमको सेवा गरे यसबाट उनी युग–युगसम्म, अनन्तसम्म पुजनीय र सम्माननीय हुनेछन्, उनले गरेको दृष्टिविहीन आमा–बुवाको निस्वार्थ सेवा तथा आदर्शको मुक्त कण्ठले प्रशंसा हुनेछ ।
लेखकद्वारा थप : धृतराष्ट्र, पुत्रमोह, सत्तालिप्सा- महाभारत
विद्यालय, विद्यार्थी र अभिभावकले घरबसाईंको समयलाई कसरि सदुपयोग गर्ने?