हैदरावादविरुद्ध खेल्दै सन्दिप, कस्तो रहला आज उनको प्रदर्शन?

जागरणपोस्ट २१ चैत्र २०७५, बिहीबार १४:४२

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल)मा बिहीबार दिल्ली क्यापिटल र सनराइजर्स हैदरावादबीचको खेल सुरु भएको छ। हैदरावादले ट जितेर फिल्ड रोजेको छ।

दिल्लीका लागि पछिल्ला दुई खेलमा सहभागी भएका नेपाली बलर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। दुई खेलको मूल्यांकनसँगै बिहीबारको खेलमासमेत सन्दीप प्लेइङ ११ मा परेका हुन्।

सन्दीप सहभागी भएपछिका दुई म्याचमा दिल्लीले एक जित र एक हार ब्यहोरेको छ। पछिल्लो खेलमा दिल्ली किंग्स ११ पञ्जावसँग १४ रनले पराजित भएको हो। पछिल्लो खेलमा सन्दीपले पनि ब्याटिङको मौका पाएका थिए। आईपीएलमा पहिलो पटक ब्याटिङको मौका पाएका सन्दीप पहिलो बलमा नै साम कुरनबाट बोल्ड आउट भएका थिए ।

आईपीएल यस सिजनको दोस्रो खेलमा खेल्ने मौका पाएका सन्दीपले बलिङमा भने निकै राम्रो प्रदर्शन गरे। ४ ओभरमा २ विकेट लिएर २७ रन दिएका सन्दीप पछिल्लो खेलमा दिल्लीका लागि सबैभन्दा किफयती बलर बने। अघिल्लो खेलमा सन्दीपले चार ओभरमा २९ बल दिँदै एक विकेट लिएका थिए।

४ खेलमा २ जित र २ हार व्यहोरेका दिल्ली अंक तालिकाको ५ औं स्थानमा छ।

आजको खेललाई दुई बलर सन्दीप र रसिद खानबीचको प्रतिस्पर्धाका रुपमा समेत हेरिएको छ। रासिद खना विश्वकै नम्बर एक बलर हुन्। अफगानिस्तानका बलर रासिद टी–२० र एकदिवसीय वरियतामा एक नम्बरमा छन्। यो खेललाई सन्दीपका लागि अवसरका रुपमासमेत लिइएको छ।

आईपीएलको गत सिजनमा उत्कृष्ट प्रदर्शन गरेका रासिदले यो संस्करणमा भने तीन खेल खेल्दा दुइृ विकेटमात्र लिएका छन्।

खेल दिल्लीको घरेलू मैदान फिरोज शाह कोटलामा हुँदैछ। यो मैदान स्पिनरका लागि राम्रो मानिन्छ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६