हावाहुरी पिडितको घर सरकारले बनाईदिने निर्णय

जागरणपोस्ट २१ चैत्र २०७५, बिहीबार १४:५५

बारा र पर्सामा आएको विनाशकारी हावाहुरीले भत्काएका घर सरकारले निर्माण गर्ने भएको छ। घर निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय सरकारले गरेको छ।

आज बसेको मन्त्रीपरिषद्को बैठकले हावाहुरीले भत्काएको घर बनाउने निर्णय गरेको हो । मन्त्रीपरिषद्ले जनता आवास कार्यक्रमको डिजाइनअनुसार भत्किएका घर निर्माण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

कार्यदलमा सहरी विकास मन्त्रालय र रक्षा मन्त्रालयका प्रतिनिधि, दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी सदस्य रहने छन्। पीडितको घर निर्माणका लागि प्रदेशका प्रमुख र प्रदेश सचिवले समन्वय तथा सहजीकरण गर्ने छन्।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८