भारतमा प्रतिवन्ध हुनेभो टिकटक

जागरणपोस्ट २१ चैत्र २०७५, बिहीबार १५:००

नयाँदिल्ली– भारतमा टिकटक प्रतिबन्ध लगाउन एक अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। टिकटकले अश्लील र अनुचित सामग्रीलाई प्रश्रय दिएको भन्दै मद्रासको उच्च अदालतले प्रतिबन्ध लगाउन केन्द्र सरकारलाई आदेश दिएको हो। टिकटक एप डाउनलोड निषेध गर्नसमेत आदेशमा भनिएको छ।

तमिलनाडुका सूचना प्रविधि मन्त्री एम मनिकन्दनले पनि टिकटकमाथि प्रतिबन्धका लागि केन्द्र सरकारसँग सहयोग माग गरेका छन्। समाजमा व्यवधान गर्ने सामग्रीलाई प्रोत्साहित गरिरहेको र भारतीय संस्कृतिलाई अवहेलना गरिरहेको भन्दै अदालतले टिकटक एपमाथि तत्काल प्रतिबन्ध गर्न भनेको छ।

भारतमा एक अर्ब ४ करोडले टिकटक प्रयोग गर्छन। टिकटक चीनमा निर्माण भएको म्युजिकल एप हो। पछिल्लो समय आफ्नो अभिनय देखाउन, विभिन्न देशको कला संस्कृति र संगीतको प्रचार गर्ने सजिलो माध्यम टिकटक बनेको छ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८