सप्तरीको सिमावर्ती क्षेत्रका बस्ती खाली गराऊन भारतीय सुरक्षाकर्मीको दवाव, अटेर गरे भत्काईदिने चेतावनी

जागरणपोस्ट २ असार २०७७, मंगलवार १४:१७

सप्तरीको छिन्नमस्ता गाउँपालिका-३ का विनोद सदा सीमासँगै जोडिएको मनसुकी टोलमै जन्मिए, हुर्किए र अहिले वृद्ध अवस्थामा पुगे। उमेरले ६० वर्ष पार गरिसकेका सदालाई काल नआएसम्म मनसुकी टोलमै बसेर नेपाली भूमि र समूदायको रक्षा गर्ने इच्छा छ। तर यतिबेला भने विनोदलाई भारतीय सुरक्षाकर्मीको दवाबले चिन्ता थपिएको छ।

विनोदसहित मनसुकी टोलमा ७५ परिवार मुसहर समूदाय चार पुस्तादेखि बसोवास गर्दे आएका छन्। केही समयदेखि बस्ती खाली गर्न भारतीय सुरक्षाकर्मीले पटक पटक दवाब दिँदै आएकोमा यतिबेला जेसिवी लगाएर बस्ती भत्काइदिने धम्की नै दिन थालेको सदाले अन्‍नपूर्ण अनलाइनलाई जानकारी दिए। ३ सय मुसहर समूदायको बसोवास रहेको बस्ती नै भत्काइदिने धम्कीका कारण उनीहरुलाई उठिवास हुने चिन्ताले पिरोलेको छ।

भूमिहिन मुसहर समूदायलाई अन्यत्र ओत लाग्ने ठाउँसमेत नरहेको तथा बन्दाबन्दीले अभावग्रस्त दैनिकी चलिरहेको बेला भारतीय सुरक्षाकर्मीले पटक पटक दबाब दिँदै आएकोमा यतिवेला जेसिवी लगाएर बस्ती भत्काइदिने धम्की नै दिन थालेपछि उनीहरु चिन्तित बनेका हुन्। मुसहर समुदायले आफूहरुलाई उठिबास हुनबाट बचाइदिन सम्बन्धित सबै पक्षसँग आग्रह समेत गर्दै आएको खबर छ। (अन्नपूर्ण पोस्ट डट कम बाट)

Facebook Comments

जागरण टिभी

सम्पादकीय

सबै हेनुर्होस

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

आज अन्तर्राष्ट्रिय महिला दिवस, महिला हकहित, सशक्तिकरण, लैंगिक विभेद एवं हिंसा अन्त्य एवं अधिकार प्राप्तीको सवालमा यस दिवसको अवसर पारेर अझ यौटा नयाँ मार्गको साझा

Subodh Regmi २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५