Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

महाभारत युद्धका अठार दिन

जागरणपोस्ट ३ असार २०७७, बुधबार ०८:१२

कपिलमणि ज्ञवाली

पूर्वीय हिन्दू साहित्यमा सबैभन्दा ठूलो ग्रन्थ महाभारतलाई मानिन्छ । यो हिन्दू दर्शनको महान् ग्रन्थ हो । यस ग्रन्थमा द्वापरयुगकालीन भारतवर्षको सबैभन्दा ठूलो र विनाशकारी युद्धको वर्णन गरिएको छ । महाभारतको यो युद्ध तत्कालीन भारतवर्षको कुरु क्षेत्रमा भएको थियो । भारतको हरियाणा प्रदेशको कुरुक्षेत्र नामले त्यो ठाउँ अहिले पनि निकै प्रसिद्ध छ । प्रत्येक वाह्र वर्षमा त्यस ठाउँमा महान् धार्मिक मेला आयोजना गरिन्छ । त्यस धार्मिक मेलालाई “कुम्भमेला” भनिन्छ ।
महाभारतको युद्ध मार्ग महिनाको शुक्ल पक्षको चौध गतेदेखि प्रारम्भ भई अठार दिनसम्म निरन्तर चलेको थियो । यस भीषण युद्धमा तत्कालीन भारतवर्षका कुनै पनि राज्य तथा राजाहरू निष्पक्ष र तटस्थ थिएनन् । उनीहरू कौरव वा पाण्डव पक्षमध्ये कुनै एक पक्षमा लागी युद्धमा सहभागी भएका थिए र लगभग सबैको मृत्यु भएको थियो । लाखौँ सेनाहरूले बलिदान दिएका थिए । दुर्योधनको घमण्ड, धृतराष्ट्रको सत्ता–लिप्सा र पुत्र–मोह तथा पूरै कौरव वंशको विनाश गर्न सङ्कल्पित शकुनीको षड्यन्त्र महाभारत युद्धका जिम्मेवार पक्ष मानिएका छन् ।
यस महाभारत युद्धमा धृतराष्ट्र–गान्धारी पुत्र कौरवहरूको सम्पूर्ण वंशविनाश भएको थियो भने कुन्ती–पुत्रहरूमध्ये केवल कर्णको मात्र मृत्यु भएको थियो । तर पाँच भाइ पाण्डवहरूका तेह्र भाइ पुत्रहरू सबै मारिएका थिए । उत्तराको गर्भमा रहेका अभिमन्यु–उत्तरा पुत्र परीक्षित एक मात्र जीवित रहेका हुनाले पाण्डवहरूको वंश विनाश हुनबाट रोकियो ।

सायद कुन्ती–सूर्य पुत्र कर्णले आप्mनो वास्तविक परिचय पहिले नै पाएका भए सम्पूर्ण पाण्डव शक्ति एक हुन्थ्यो वा उनी पनि जीवित रहन्थे कि ? या सर्वश्रेष्ठ अनि अपराजेय धर्नुधर कर्णको मित्रताको महत्वाकाङ्क्षले युद्धमा होमिन आतुर दुर्योधनमा युद्धको विचारै आउँदैनथ्यो कि ? तर कुन्ती–सूर्य पुत्र भएर पनि कर्णले आप्mनो वास्तविक परिचय र सम्मान कहिल्यै पाएनन् । युद्धको घोषणा भएपछि मात्र उनले आपूm कुन्ती–सूर्य पुत्र भएको रहस्य थाहा पाए त्यो पनि माता कुन्तीको स्वार्थसिद्धिका लागि । आप्mनो इमान्दारिता, निष्ठा र मित्रभक्तिका कारण जान्दाजान्दै पनि कर्ण असत्य, अधर्म र अन्यायका पक्षधर दुर्योधको पक्षमा लागे । किनभने दुर्योधनले नै सूतपुत्र कर्णबाट अङ्गराज कर्ण बनाएका थिए, समाजबाट तिरस्कृत, अपहेलित, अपमानित कर्णलाई राजकीय स्थान र सम्मान दिएका थिए । यसैले कर्ण सदैव दुर्योधनप्रति ऋणि थिए । यसैकारण उनले कुन्ती–पुत्र पाण्डवहरूलाई जीवन–दान दिएर कुन्ती–सूर्य पुत्र आपूm अस्त भए ।

यस युद्धमा असत्य, अधर्म र अन्यायका पक्षधर दुर्योधन एक पक्ष र सत्य, धर्म र न्यायका पक्षधर युधिष्ठिर अर्को पक्ष गरी जम्मा दुई पक्ष थिए । सम्पूर्ण भारतवर्ष यी दुई समूहमा विभक्त थियो । दुर्योधन पक्षका प्रधानसेनापति भिष्म थिए भने युधिष्ठिर पक्षका प्रधानसेनापति धृष्टद्युम्न थिए । सम्पूर्ण भारतवर्षका राजा, राजकुमार, सेना सबै सहभागी युद्धको शुभारम्भ मार्ग, शुक्ल पक्षको चौध गतेबाट भएको थियो । अठार दिनसम्म निरन्तर चलेको यस युद्धमा कुन दिन के भयो तथा युद्धका अठार दिनहरू कसरी बिते त ? यो जिज्ञासा अवश्य र्न स्वभाविक छ ।
युद्धको पहिलो दिन, कुरुक्षेत्रको युद्ध–मैदान, युद्धका लागि तयार दुई सेना आमनेसामने थिए । दुवै पक्षका सेनाध्यक्ष भिष्म र धृष्टद्युम्नबाट फुकिएको शङ्खनादसँगै युद्ध प्रारम्भ भयो । यस दिनको युद्धमा कौरवसेना निकै सशक्त देखिए । कौरव पक्षका तुलनामा विराट–राजकुमार उत्तर सहित पाण्डवपक्षका धेरै सैनिकहरू मारिए । कौरव पक्षमा निकै उत्साह देखियो ।

युद्धको दोस्रो दिन, यस दिन द्रोणाचार्यबाट धृष्टद्युम्न घाइते भए । भिष्म सिधै अर्जुन र कृष्णमाथि जाई लागे । तर अर्जुनले भिष्मलाई रोक्न सफल भए । यस दिन भीमको युद्ध निकै दर्शनीय थियो । उनले कौरपक्षका हजारौँ सेनालाई एक्लै मारेका थिए ।

युद्धको तेस्रो दिन, यस दिन पनि भिष्मको युद्धकला दर्शनीय थियो । उनले हजारौँ सैनिक मात्र मारेनन् पाण्डव पक्षमा खैलाबैला नै मच्चाए । भीमले पनि घटोत्कचसँग मिलेर कौरव सेनामा ठूलो क्षति गराए तर भिष्मको आक्रमणले पाण्डव पक्षको युद्ध–मनोविज्ञानलाई कमजोर बनाउन थाल्यो । यो देखेर श्रीकृष्णले भिष्ममाथि प्रहार गर्न अर्जुनलाई आदेश दिए । भिष्मका अगाडि अर्जुन निरीह जस्तै भए । श्रीकृष्ण आफै भिष्मसँग लड्न तयार भएको देखेर अर्जुनले भोलि सम्पूर्ण शक्तिका साथ युद्ध लड्ने र भिष्मलाई पराजित गर्ने आश्वासन श्रीकृष्णलाई दिए । अर्जुनको आश्वासनले श्रीकृष्ण रोकिए ।

युद्धको चौथो दिन, यस दिन अर्जुनको युद्धकला निकै दर्शनीय थियो । उनलाई कसैले रोक्न सकेको थिएन । दुर्योधनले भीमलाई लक्ष्यित गरी मार्न खोजे पनि घटोत्कचले कौरव पक्षका सबै योजना ध्वस्त मात्र बनाएनन् धेरै सैनिकलाई पनि मारिदिए ।

युद्धको पाँचौँ दिन, यस दिन पाण्डव पक्षका भीम र कौरव पक्षका भिष्मको युद्ध निकै हेर्नलायक थियो । दुवैले दुवै सेनामा खलबली मच्चाए । द्रोणको प्रहारले सात्यकीलाई भगायो । निरन्तर अगाडि बढिरहेका भिष्मलाई अर्जुन र भीमले रोके भने द्रोणाचार्यलाई सात्यकीले रोके । युद्धभूमि रगताम्मे भयो ।

युद्धको छैठौँ दिन, पाण्डवहरूलाई झण्डैझण्डै पराजित गर्न लागेका भिष्मले उनीहरूलाई मार्न नचाहेको भन्ने शङ्का दुर्योधनलाई भयो । अत्यन्त क्रोधित भएका दुर्योधनले भिष्म समक्ष पाण्डवहरूलाई मारी युद्ध जित्न नचाहेको आरोप लगाउँदै आपूm सन्तुष्ट नभएकाले कर्णलाई युद्धका लागि सहभागी गराउनुपर्ने प्रस्ताव राखे । भिष्मले आपूm जीवित रहँदासम्म कर्ण युद्धमा सहभागी हुन नसक्ने बताउँदै आपूm सम्पूर्ण शक्ति लगाएर युद्ध लड्ने आश्वासन दिए । यस दिन उनीबाट पाञ्चाल नरेश द्रुपद सहित हजारौँ पाण्डव–सेनाहरूको मृत्यु भयो ।

युद्धको सातौँ दिन, यस दिन आरम्भदेखि नै अर्जुन निकै हावी थिए । धृष्टद्युम्नबाट दुर्योधन पराजित भई भागे । यस दिनको युद्धले अर्जुन–पुत्र इरावत र गान्धारीका आठजना पुत्रहरूको बध गरी पाण्डव र कौरव वंशमा ठूलो क्षति पु¥यायो ।

युद्धको आठौँ दिन, युद्ध अब वंश–विनाशतर्फ उन्मुख भएको थियो । यस दिन भीमले धेरै कौरव सेनाको बध गरे । साथै गान्धारीका नवौँ पुत्रको पनि यसै दिन मृत्यु भयो । भिष्म र द्रोणले मच्चाएको तहल्का पनि निकै हेर्न लायक थियो ।

युद्धको नवौँ दिन, यस दिन प्रारम्भमै कर्णलाई युद्धमा सहभागी बनाउनुपर्ने विषयले निकै विवादको रूप धारण ग¥यो । क्रोधित दुर्योधनलाई आज कुनै एक पाण्डवलाई मार्ने, त्यो नसके श्रीकृष्णलाई आप्mनो प्रतिज्ञा तोड्न वाध्य गराउने आश्वासन भिष्मले दिए । युद्ध पूरै भिष्मका पक्षमा जस्तो देखियो । पाण्डव पक्षमा एककिसिमको हाहाकार मच्चियो । यो देखेर महाभारतको युद्धमा हतियार नउठाउने प्रतिज्ञा गरेका श्रीकृष्णले हतियार उठाई भिष्मलाई रोक्न वाध्य हुनुप¥यो । जबसम्म भिष्म रहन्छन् तबसम्म युद्ध पाण्डवको पक्षमा आउन असम्भव जस्तै देखियो । यस दिन पनि पाण्डव र कौरव वंशको विनाश हुने क्रम जारी नै रह्यो ।

युद्धको समाप्तिपछि शिविरमा आएका पाण्डवहरू भिष्मका कारण निकै निराश देखिन्थे । भिष्म रहेसम्म युद्ध जित्न असम्भव छ भन्ने उनीहरूलाई लाग्यो । उनीहरूले श्रीकृष्णसँग यस विषयमा सहयोग मागे । किनभने भिष्मको पराजयको रहस्य केवल श्रीकृष्णलाई मात्र थाहा थियो । उनले भोलिको युद्धमा अद्र्धनारी शिखण्डीलाई युद्धमा प्रयोग गर्ने सल्लाह दिए ।
युद्धको दशौँ दिन, भीम, द्रोण, दुर्योधन आदि युद्धवीरहरूको विनाशलीलासँगै युद्ध प्रारम्भ भयो । प्रारम्भदेखि नै भिष्म विनाशकारी शक्तिका रूपमा अगाडि बढ्दै गए । अगाडि बढ्नेक्रममा उनी अर्जुनको रथ अगाडि आए । रथमा अर्जुनसँगै शिखण्डी पनि थिए । अद्र्धनारीरूप शिखण्डीलाई देखेर भिष्म चकित भए । कुनै नारीरूपमाथि हतियार नचलाउने प्रतिज्ञावद्ध भिष्मले शिखण्डीलाई देखेर हतियार बिसाए । यसरी निहत्था भएका भिष्ममाथि अर्जुनले एकपछि अर्को गर्दै वाणको वर्षा गरे । स्वमृत्यु वरण गरेका भिष्म युद्ध समाप्ति भई हस्तिनापुर राज्यको पूर्ण सुरक्षाको प्रत्याभूति नभएसम्म भिष्म अर्जुनले वर्षाएका तिनै वाणको शैयामा अत्यन्त कष्टकर जीवन बाँचिरहे । सेनापति भिष्मको पराजयले कौरव पक्षमा हलचल मच्चियो । यस दिन गान्धारी–पुत्र र दुवै पक्षका हजारौँ सेनाले वीरगति प्राप्त गरे ।

युद्धको एघारौँ दिन, कौरव सेनाको सेनापतिमा द्रोणाचार्य घोषित भए । दुर्योधनको आग्रह अनुसार उनले धनुर्धर कर्णलाई युद्धमा सहभागी बनाउने निर्णय गरे । यदि युधिष्ठिरलाई बन्दी बनाउन सकियो भने युद्ध आफै समाप्त हुन्छ भन्ने ठानी शकुनी र दर्योधनको सल्लाह अनुसार उनी युधिष्ठिरलाई बन्दी बनाउने रणनीतिमा लागे । सम्पूर्ण कौरव–शक्ति युधिष्ठरलाई बन्दी बनाउने प्रयासमा लाग्यो । भीमको पराक्रमले हजारौँ कौरवसेना मारेर यधिष्ठिरको रक्षा गरिरहे । पछि श्रीकृष्णले यो कुरा थाहा पाएपछि अर्जुन त्यहाँ आए । अर्जुनको भीषण आक्रमणबाट कौरवसेनामा हाहाकार मच्चियो । आचार्य द्रोण पनि हेरेको हे¥यै भए । तर पहिलो दिन युद्धमा प्रवेश गरेका युद्धवीर कर्णको युद्ध भने निकै रोचक थियो । उनी एक्लै आधा पाण्डवसेनासँग लडिरहेका थिए । मर्ने र मार्ने क्रम यस दिन पनि जारी नै रह्यो ।

युद्धको वाह्रौँ दिन, यस दिन पनि प्रारम्भदेखि नै युधिष्ठिरलाई बन्दी बनाउने प्रयासबाट कौरवसेना अगाडि बढ्यो । युधिष्ठिरलाई बन्दी बनाउन अर्जुनलाई उनको आसपासबाट हटाउनु जरुरी थियो । यसैले दुर्योधन र शकुनीले युद्धको चेतावनी दिँदै अर्जुनलाई धेरै टाढासम्म पु¥याए । भीमको पराक्रमका अगाडि कौरव–शक्ति पनि एकछिन् त तिरमिरायो । तर धेरै समय रोक्न भीमलाई कठिन थियो । यो कुरा थाहा पाएर श्रीकृष्णले युधिष्ठिरलाई बन्दी हुनबाट जोगाए ।

युद्धको तेह्रौँ दिन, यस दिन भगदत्त युद्धका नायक बनेका थिए । उनी विनाशक बन्दै थिए । उनको बाटो रोक्न आएका भीमलाई त्यही अलमल्याई अगाडि बढे । कौरव–शक्ति अर्जुनलाई युधिष्ठिरबाट धेरै टाढा लैजान चाहन्थे । अर्जुनलाई ललकार्दै शकुनी सहित भगदत्त धेरै टाढा पुगे । अचानक भगदत्तले अर्जुनमाथि दिव्यास्त्रको प्रहार गरे । श्रीकृष्णले वैष्णवास्त्रको प्रयोग गरी अर्जुनलाई बचाए । भगदत्तको शक्तिको रहस्य थाहा पाएका श्रीकृष्णले भगदत्तको आँखाको पट्टी खोलिदिए । यसरी कमजोर भएको भगदत्तलाई अर्जुनले परास्त गरे ।

यता युधिष्ठिरलाई बन्दी बनाउने योजनानुसार द्रोणाचार्यले चक्रव्युहको रचना गर्दै थिए । सम्पूर्ण कौरवसेना त्यहीँ एकत्रित थियो । यदि युधिष्ठिर चक्रव्युहमा गएको भए अवश्य बन्दी हुन्थे । चक्रव्युहको युद्धका विषयमा अर्जुन वाहेक कसैलाई थाहा थिएन । उनी भगदत्तसँगको युद्धबाट एकदम टाढा पुगेका थिए । हो, अर्जुन–सुभद्रा पुत्र अभिमन्यु चक्रव्युहभित्र जाने उपाय त जान्दथे तर निस्कने उपाय जान्दैनथे । तापनि वीर नवयुवक अभिमन्यु ठूलो पराक्रमसाथ चक्रव्युहमा पसे । जयद्रथले अरू कसैलाई चक्रव्युहभित्र जान दिएनन् । सम्पूर्ण नाका बन्द गरिदिए । सम्पूर्ण कौरव–शक्तिसँग एक्लै बहादुरीसाथ लड्दालड्दै अभिमन्युको मृत्यु भयो । घाइते, निहत्था अभिमन्युमाथि सम्पूर्ण कौरवहरू एकजुट भई नृशंसतापूर्वक हत्या गरे । एक व्यक्तिमाथि हजारौँ शक्तिले एकैपटक आक्रमण गरेपछि विचरा अभिमन्युको के जोर चल्थ्यो र ? तैपनि अत्यन्त बहादुरीसाथ लडेर हजारौँ कौरवसेनाको बध गर्न उनी सफल भए । उनको शक्ति र पराक्रम देखेर एकछिन् त सम्पूर्ण कौरव–शक्ति हतोत्साही भएको थियो ।

अभिमन्युुको हत्याको सूचनाले अर्जुन विक्षिप्त भए । अभिमन्युको हत्याको मुख्य पात्र जयद्रथ नै हुन् भन्ने अर्जुनलाई लाग्यो । ‘भोलि सूर्यास्त नहुँदै जयद्रथलाई मार्न सकिन भने अग्नि समाधि लिनेछु’ भनी अर्जुनले प्रतिज्ञा गरे । यस दिनको युद्ध अत्यन्त हृदयविदारक थियो ।
युद्धको चौधौँ दिन, यो एउटा महत्वपूर्ण दिन थियो । अर्जुनबाट यदि जयद्रथको बध भएन भने अर्जुनले अग्नि समाधि लिन्थे । यदि यसो भयो भने पाण्डव पक्षको पराजय निश्चित थियो । यसैले सम्पूर्ण कौरव–शक्ति जयद्रथको सुरक्षामा थिए । अर्जुन लगायत सम्पूर्ण पाण्डव सेना जयद्रथलाई खोज्दै गए । भीषण युद्ध मच्चियो । हजारौँ सेना मरे । सूर्यास्त हुनै लागे । तर जयद्रथको अत्तोपत्तो भएन । यो देखेर पाण्डवहरूमा निराशा बढ्दै गयो भने अर्जुनको ध्यान युद्धमा भन्दा पनि सूर्यमा केन्द्रित हुन थाल्यो । कौरवपक्षमा एककिसिमको विजय–उन्माद देखिन थाल्यो ।

यत्तिकैमा बादलबाट सूर्य छोपिएको दृश्य देखियो । दुर्योधनहरूले सूर्यास्त भएको भन्दै अर्जुनलाई समाधि लिन भनी थर्काउन थाले । आपूm महाधनुर्धर अर्जुनबाट बचेकोमा जयद्रथ पनि अर्जुनको सामुन्ने आई खुसी मनाउन थाले । यत्तिकैमा सूर्य देखिए । अचानक पश्चिमाचलमा अस्ताउन लागेका सूर्य देखेर कौरवसेनामा हाहाकार मच्चियो । अर्जुले वाणको वर्षा गरी जयद्रथको बध गरे । पाण्डव पक्षले एउटा भविष्यमा हुन सक्ने ठूलो अनिष्टबाट मुक्ति पायो । यस दिनको युद्धमा कौरव र कौरव पक्षका धेरै मानिसले ज्यान गुमाए ।

युद्धको पन्ध्रौँ दिन, भिष्म वाणशैयामा परेको युद्धको दशौँ दिन जस्तै यो दिन पनि निकै महत्वपूर्ण रह्यो । भिष्म, आचार्य द्रोण र कर्ण जीवित रहेसम्म पाण्डवहरूको विजय अनिर्णित थियो । यसैले पाण्डव पक्षका लागि आचार्य द्रोणलाई युद्धबाट हटाउनु जरुरी थियो । द्रोण युद्ध–आतङ्क मच्चाउँदै अगाडि बढ्दै गए । अर्जुनका दिव्यवाणले पनि उनलाई रोक्न सकेको थिएन । द्रोणले व्रह्मास्त्रको प्रयोग गर्न खोजे तर स्वयम् व्रह्माले सत्य, धर्म र न्यायका लागि लडिरहेका पाण्डवहरूमाथि व्रह्मास्त्रको प्रयोग गर्न नहुने भनी आग्रह गरे । लगभग युद्धको परिणाम बुझिसकेका द्रोणले आपूmसँग भएका हतियारबाट नै युद्ध गरिरहे । सामान्य युद्धबाट कसैले पनि उनलाई हराउन सम्भव थिएन । तर उनी हार्नैपथ्र्यो ।

द्रोणाचार्यको पराजयको रहस्यबारे बताउँदै श्रीकृष्णले युधिष्ठिरलाई एउटा भूmट बोल्नुपर्ने भनी संझाए । यस्तो भूmट र कपटबाट लडिएको युद्ध जित्न युधिष्ठिर चाहँदैनथे तर वाध्यता अर्कै थियो । भीमले आपूmहरूतिर आइरहेको हात्तीमा गदा प्रहार गरी हात्तीलाई लडाए अनि ‘मैले अश्वत्थामालाई मारेँ’ भनी हुङ्कार गर्दै द्रोणाचार्य सामु पुगे । भीमको कुराले दुःखी भए पनि द्रोणाचार्यलाई विश्वास भएन । द्रोण सत्यवादी युधिष्ठिर समक्ष गएर सोधे, “हे सत्यवादी धर्मराज युधिष्ठिर ! भीमले भनेको कुरा के सत्य हो ?”

‘नरो वा कुञ्जरो वा अश्वत्थामा हतोहत’ भनी युधिष्ठिरले उत्तर दिए । यही कुरालाई सत्य मानी द्रोणले हतियार त्यागे । यही समय धृष्टद्युम्नले शिर काटी द्रोणाचार्यको हत्या गरे ।

युद्धको सोह्रौँ दिन, यो दिन व्यक्तिगत रूपमा कर्णका लागि विशेष दिन थियो । धनुर्धर कर्णको प्रधान सेनापतित्वमा निस्केको कौरव सेना उत्साहका साथ अगाडि बढ्दै गयो । धेरै सुरवीर योद्धा गुमाइसकेको कौरव–पक्ष अर्जुनबाट धेरै आशावादी देखिन्थ्यो । कर्ण लड्दै अगाडि बढ्दै गए, अगाडि आएका नकुल र सहदेवलाई जीवन–दान दिए । फेरि बढ्दै गए, युधिष्ठिरलाई जीवन–दान दिए । उनको अगाडि बलशाली भीमको पनि केही चलेन । उनलाई रोक्न र हराउन सक्ने कसैको हिम्मत भएन । उनले माता कुन्तीलाई युधिष्ठिर, भीम, नकुल र सहदेवको ज्यान नलिने तर अर्जुन र आपूmमा एकजना मात्र जीवित रहने वचन दिएका थिए । त्यसैले कर्णको लक्ष्य अर्जुन थिए । यस युद्धमा धेरैपटक अर्जुन पनि घाइते भए र कर्ण पनि तर विजय कसैको भएन ।

तर यस दिन कर्ण फेरि ठगिए । अर्जुन–बधका निमित्त साँचेर राखेको दिव्यास्त्र दुर्योधनको हठका कारण घटोत्कचमाथि प्रयोग गर्नुप¥यो । यदि घटोत्कच जस्तो महाशक्तिशाली महाभारतको युद्धमा नभएको भए र कर्णले व्रह्मास्त्र चलाउन नपरेको भए परिणाम जे पनि हुनसक्थ्यो ।
महाभारतको युद्धमा यस दिन विशेष दिनको रूपमा स्मरणीय बन्यो । पूर्व प्रतिज्ञा अनुसार भीमले रगताम्मे भई जमिनमा पछारिएको दुशासनको छाती चिरी त्यसको रगत आप्mनो मुखमा लगाए अनि राक्षसीपनमा चिच्याउँदै हातमा रगत लिएर द्रौपदी समक्ष पुगे ।
आजको यस युद्धले लगभग कौरव पक्षको पराजयको सङ्केत ग¥यो । धेरैजसो गान्धारी–पुत्रको मृत्यु पनि भइसकेको थियो । अब शक्तिशाली भनेका एक मात्र कर्ण थिए । उनी पनि कुन्तीको वचनले कमजोर बनेका थिए ।

युद्धको सत्रौँ दिन, कर्णको बाटो पन्छाउँदै अर्जुनतिर जानेक्रममा भीमसँग जम्काभेट भयो । अगाडि युधिष्ठिर भेटिए । यदि कर्णले चाहेको भए यी दुईको प्राण सजिलै लिन सक्थे तर लिएनन् । अगाडि बढ्दै गए । अर्जुनसँग लामो समयसम्म घमासान युद्ध भयो । अन्त्यमा अर्जुनका वाणले कर्ण घाइते भए । उनको रथको चक्का जमिनमा धसियो । उनी एक निरीह पात्र भए । यस्ता कर्ण अर्जुनका वाणले मारिए । एउटै आमाका दुई सन्तान, एकबाट अर्कोको बध भयो । तर यस कुराको रहस्य कर्णलाई थाहा भए पनि अर्जुनलाई थिएन । यदि थाहा भएको भए के हुन्थ्यो ? त्यो त गर्भमै रह्यो ।

युद्धको अठारौँ दिन, लगभग सूरवीर र सेनाविहीन बन्दै गएको कौरव पक्षको प्रधान सेनापति शाल्यप्रधान भए । विचरा शाल्यप्रधान पाण्डवहरू पक्षका हस्तिहरू सामु के नै पो गर्न सक्थे र ? तैपनि दुर्योधनको हुङ्कारले उत्साह बढाउँथ्यो । यिनी पनि युधिष्ठिरबाट मारिए । बाँकी रहेका कपटी शकुनी सहदेवबाट मारिए । बाँचेका केही सेना पनि ज्यान जोगाउन भागे । युद्ध–मैदानमा अब कौरव–पक्षका अश्वत्थामा, कृपाचार्य र दुर्योधन मात्र बाँकी थिए भने पाण्डव पक्षमा पाँच भाइ पाण्डव, केही राजकुमार र केही सेना थिए । कुरुक्षेत्रको रणभूमि शुन्य बन्दै गयो ।
यत्तिकैमा एकाएक दुर्योधन गायव भए । उनी युद्धबाट भागेर ध्यान गर्न भनी तलाउमुनि गएका भन्ने हल्ला आयो । भीमले गदा–युद्धका लागि ललकारेपछि उनी बाहिर निस्के । दुवैका बीचमा घमासान गदा–युद्ध भयो । दुर्योधनको शरीरको अन्य भाग माता गान्धारीको आशीर्वादले वज्रमान समान भएको थियो तर घुँडाभन्दा माथि र कम्मरभन्दा मुनि (जङ्घा) कमजोर थियो । भीमले त्यही कमजोर भागमा प्रहार गरे । यसबाट गान्धारी–पुत्र दुर्योधनको मृत्यु भयो ।

सामान्यतः युद्ध समाप्त भएको थियो र परिणाम पनि आइसकेको थियो तर अश्वत्थामाको हृदयमा रहेको प्रतिशोधको ज्वाला शान्त भएको थिएन । उनले सोही रात शिविरमा मस्त सुतिरहेका द्रौपदी–पाण्डवका पाँच पुत्रहरूको हत्या गरे । यति मात्र होइन, अश्वत्थामाले उत्तराको गर्भमा रहेका पाण्डवहरूका एक मात्र उत्तराधिकारी (परीक्षित) को पनि हत्या गर्ने उद्देश्यले व्रह्मास्त्र प्रहार गरे तर अर्जुनले सुदर्शन चक्रले त्यसलाई निष्क्रिय बनाए । त्यसपछि विभिन्न घटनाक्रमबाट अश्वत्थामा पागल जस्तो विक्षिप्त अवस्थामा यताउति भौँतारिँदै जीवन बिताए भने कुलगुरु कृपाचार्यले पाण्डवहरूबाट क्षमादान पाए।

लेखकद्वारा थप गान्धारी- सयपुत्र र महाभारत
kapilmani2017@gmail.com

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७