मेरो जागरण मेरो जीवन – भाग २

जागरणपोस्ट २३ चैत्र २०७५, शनिबार ०६:२१

बुबाले पढ्नु भएको थियो । तर औपचारिक रुपमा कति पढ्नु भएको हो थाहा भएन । इण्डियाको व्यापार व्यवसाय छोडेर आए पछि , पौढ शिक्षा खोलेर पुरै टोल गाउँलाई साक्षार बनाउने , व्यवसायिक खेती गर्न सिकाउने आदिमा लाग्नु भएको रहेछ । दैनिकी गुजाराको लागि वन कार्यालयमा बहिदारमा सोझै जागिर खानु भएको रहेछ । विड्म्बना धेरै जागिर खान पाउनु भएन । टी वीले बुबालाई नै खाइदियो । २०२१सालको चैत्र रामनवमीको दिन बुबाले यस धर्ती छोडेर जानु भएको हो । मलाई केही सम्झना छैन बुबाले धेरैलाई प्रौढ कक्षामा नै पढाएर जागिर लगाई दिनु पनि भएछ । बुढापाकालाई पढाउन भजन किर्तनको लोभ देखाएर भजन मै अक्षर चिनाउने विचित्रको कला बुबाका साथी भाइ हरुले सुनाउँथे मलाई । आमाले पनि त्यही पौढ कक्षामा पढेर रामायण , स्वस्थानी खररै पढ्न जान्नु भएकोले नेपाली सग्ला अक्षर हामीले घरमै सिक्यौं । स्कुलमा शिशु कक्षा पढ्न परेन । आमाले हिन्दीका कथा पनि उल्था गरेर सुनाउनु हुन्थ्यो । लेख्न भने आफ्नो सही गर्न मात्रै सक्नु हुन्थ्यो ।
बुबाका सहकर्मी साथी निकै भेटें मैले , बुबा सित नाटक भजनमा छोटो समय संगत गर्नु भएका रुद्रनाथ अधिकारी जो यस क्षेत्र कै औंलामा गन्न सकिने श्री५को सरकारी कार्यालयमा (म नि मा वि पढ्दा नै) अधिकृत हुनु हुन्थ्यो तर सबैले सुब्बा भनेर चिन्थे । सरकारको सचीव भए नि गाउँ टोलको सुब्बा नै हुनु भयो । लाग्थ्यो सुब्बा भन्दा ठूलो पद नै छैन । नाम बाट भन्दा पदबाट चिनिनु हुन्थ्यो । स्कुल पढ्दा पानी खाने , खाजा खाने त्यही घर थियो मेरो , सहपाठी सावित्री , र केही बर्ष कान्छा भाइ लक्ष्मी कान्त अधिकारी (अमर सिं मा वि शिक्षक) मेरा मिल्ने साथी । slc दिने बेला संगै पढ्थ्यौं । रुद्रनाथ बुबाले निकै प्रोत्साहन गर्नु हुन्थ्यो पढ्नलाई । मेरा बुबाको प्रसंग दिनहुुँ जस्तो जोड्नु हुन्थ्यो । (मेरो दाइ पनि त्यहीं श्रीकान्त दाजु सँग केही समय संगै पढ्नु भएको थियो । ) बिजुली देखेको त्यही घर हो मैले । त्यही बिजुलीमा पढ्न लोभले जान्थे । आफ्नै घर जस्तो लाग्थ्यो । हुन त बिजुली हप्तामा ३/३ दिन मात्रै आउँथ्यो । लालटिन टुकी विकल्प थिए । रात भरी बाले नि क्यै भन्नु हुन्थेन ।
SLC पछि छिन्न भिन्न भैयो । रुद्रनाथ बुबा पनि रहनु भएन । अब बुबालाई चिन्ने कमै मात्र छ्न् । संगत गरेका त भेट्न मुस्किल छ ।
क्रमशः

भरत आचार्य

मेरो जागरण मेरो जीवन भाग १ पढ्न यहाँ क्लिक गर्नुहोस।

(मेरो जागरण, मेरो जिवनअन्तर्गत हामी आदरणिय स्रष्टा भरत आचार्य जि को आफ्नै कथा भाग – १ बाट प्रारम्भ गरेका छौं। स्रस्टा आचार्यको आफ्नै कथा पढ्नको लागि निरन्तर जागरणपोस्ट डट कम को विशेष प्रयोजन ` मेरो जागरण ´ पढ्न नछुटाऊनुहोला।

साथै, तपाईंसंग पनि यस्तै अनुभूति या लेख्दै गरेका रचना छन भने कृपयाँ jagaranpost@gmail.com
या gyawaligulmi22@gmail.com मा पठाऊनुहुन हार्दिक अनुरोध छ।)

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८