मेरो जागरण मेरो जीवन भाग – ४

जागरणपोस्ट २३ चैत्र २०७५, शनिबार १६:५३

कक्षा ४ देखि पूर्वव्यवसायिक शिक्षा पढ्नु पर्थ्यो । मीरा राणा मेडमले पढाउनु हुन्थ्यो । उक्त शिक्षा पाक शास्त्र देखि मूर्तिकला सम्मका कोर्ष थिए । मैले पहिलो चोटी पुलाउको नाम सुनेको खाएको त्यही बेला हो । एकदम सामान्य किन नहून् । एक एक मोहर उठाएर पुलाउ खाएको यै मुख हो । त्यो स्वाद अझै मुखमा झुण्डिएको छ । पुलाउ पकाउन निलकण्ठ शर्माले सहयोग गर्नु भएको थियो । घरै बाट थाल ल्याउन अघिल्लो दिनमा नै निर्देशन गरिएको थियो ।
हजुर मूर्तिको प्रसङ्गमा आउँदै छु । भनी हाले व्यवसायिक शिक्षा अन्तरगत , रुमालमा बुट्टा भर्न , चरा आदिका माटाका मूर्ति बनाउन सिकाइन्थ्यो । उहाँ फूलबुट्टा भर्न त निकै सिपालु हुनुहुन्थ्यो तर मूर्ति भने के को हो नाम नलेखी चिनिदैन्थ्यो । गाई बनाए उँट जस्तो हुन्थ्यो। खरायो बनाए बंगुर जस्तो हुन्थ्यो । उहाँले बनाएको गाईलाई उँट भन्दा चुटाई पनि खाइयो । जे होस् माटो बनाउन आकार दिन सिकाउनु भयो भनम् । हामीले बनाएका मूर्ति हामी त्यो स्कुलमा पढिन्जेल अफिसकोठा सजाईएको थियो ।
मलाई त्यस्तो मूर्ति बनाएर धित मरेको थिएन । घरमै ठूलो देउताको मूर्ति बनाउने भूत चढ्यो । यता घरमा पाली हाली सकिएको अवस्था थियो । आमाले घरपोत्न पर्स्याङ्ग बाट रातो चाम्रो माटो ल्याउनु हुन्थ्यो बर्षमा १०/१५ खेप जति । नजिकै अलि कमसल खालको माटो पनि पाइन्थ्यो । आमा सँग अलिकति रातोमाटोको स्वीकृति लिएँ । अलिअली यतैको माटो मिसाएर भरमार कुट्न थाले । दुई तीन दिनमा माटो तयार भयो । घरमा देवी देवताका भने जस्ता फोटा पनि थिएनन् । मूर्ति पो के को बनाउने सोच्न सकेको थिएन ! त्यस्तै के प्रसङ्गमा आमाले भन्नु भयो पहिला गणेशको पूजा हुन्छ जे कुरा नि शुरूवात गर्दा गणेशलाई सम्झन पर्छ । बस् बाटो खुल्यो गणेशकै बनाउने निधो गरें । गणेशको हुलिया भजन किर्तनमा सुनेको थिएँ चित्र कापी किताबमा प्रसस्तै भेटिन्थे गणेशका ।
अर्को दुई तीन दिनमा मूर्तिले आकार लियो । सुक्दै जाँदा अलिअली चिरा पर्दै गयो । माटो राम्रो नहुनाले । लिप्दै टालटुल पार्दै गएँ नाम लेखेर टाँस्न पर्ने अवस्था आएन भनम् । हुलिया काटिकुटी मिल्यो । वरपरका आमा भाउजू हरुले ५/१० पैसा राखेर ढोग गर्न थाले पछि आफू निपूर्ण भएको अनुभूति गर्न थालें । चढाएका पैसा एक रुपियाँ जति भएको थियो होला । फेरि कसैले सुझाए रंग लाउनु पर्छ । अझ राम्रो देखिन्छ । फेरि रंगको भूत चढ्यो । रंगको नाममा नङ्ग पालिस बाहेक अरु क्यै देखेको थिइन । तर सबैले रंग ला भनेर हौस्याई रहेका थिए । आमा पनि छोराको उपती देखेर दङ्ग हुनु हुन्थ्यो । नङ्ग पालिसको एक दुई शिसीले छेउ लाई पुग्दैन्थ्यो । अन्तत आमाले दुई तीन पाथी कोदो बेचेर रङ्ग किनि दिने निधो गर्नु भयो । र मूर्तिमा रङ्ग लगाई छाडे । मूर्ति तयार भयो ।
तर त्यो मूर्ति ६ महिना पनि टिकाउन सकिन । कैले बाख्राका पाठाले सिँगौरी खेले कहिले पानीले भिज्ने भएर अङ्ग अङ्ग पतन भएर सकियो ।
क्रमशः

यो पनि पढ्नुहोस- स्रस्टा भरत आचार्यको मेरो जागरण मेरो जीवन भाग -३
(मेरो जागरण, मेरो जिवनअन्तर्गत हामी आदरणिय स्रष्टा भरत आचार्य जि को आफ्नै कथा भाग – १ बाट प्रारम्भ गरेका छौं। स्रस्टा आचार्यको आफ्नै कथा पढ्नको लागि निरन्तर जागरणपोस्ट डट कम को विशेष प्रयोजन ` मेरो जागरण ´ पढ्न नछुटाऊनुहोला।

साथै, तपाईंसंग पनि यस्तै अनुभूति या लेख्दै गरेका रचना छन भने कृपयाँ jagaranpost@gmail.com
या gyawaligulmi22@gmail.com मा पठाऊनुहुन हार्दिक अनुरोध छ।)

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८