छिमेकीलाई उपेक्षा गर्नुको नतिजा भारतले बेहोर्दैछ

जागरणपोस्ट १० असार २०७७, बुधबार १६:५६

सुमित गांगुली

गतहप्ता लद्दाखमा भएको भारतीय र चिनियाँ सेनाबिच भएको झडपमा परि २० भारतीय सैनिकको मृत्यु भएपछि दक्षिण एशियाको क्षेत्रीय राजनिति तरंगित बनेको छ। सन् १९७५ पछि पहिलोपटक भारत र चीनबिचको सिमा बिबादका कारण भारतले सिमाक्षेत्रमा चिनिया सेनाको आक्रमणमा परि २० जना आफ्ना सेना गुमाऊन बाध्य भएको हो। लद्दाख घटनापछि भारत पुन: एक कदम पछाडि हटेको अवस्था छ भने एकपटक भौगोलिक एवं क्षेत्रीय रणनितिक अवस्था र सम्बन्धको बारेमा पनि गम्भिर भएर सोंच्न बाध्य बनाएको छ भारतलाई। यदि सांच्चै भारतले विस्तृतरुपमा क्षेत्रीय अवस्थालाई आंकलन गरेरमात्र अंघाढि बढ्ने हो भने निश्चय पनि समस्या केवल बेईजिङ्गमा मात्र सिमित नरहेको उसले पाऊनेछ। किनकि भारतको प्रत्येक छिमेकीसंग तिक्तता छ।

मे २०१४ मा भारतको प्रधानमन्त्रीमा पुनश्च: निर्वाचित भएलगत्तै नरेन्द्र मोदिले सार्क देशहरु अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिव्स, नेपाल, पाकिस्तान र श्रीलंकाका आफ्ना समकक्षीहरुलाई आमन्त्रित गरेर दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन-सार्क (SAARC) लाई नयां उँचाई दिने प्रतिवद्धतासमेत ब्यक्त गरेका थिए जुन भारतीय जनता पार्टिको चुनावी घोषणापत्रमा समेत उल्लेख थियो। सपथ समारोहमा सार्क का समकक्षीहरुलाई आमन्त्रण गरेर छिमेकसंगको सम्बन्धलाई अझ बलियो र सुदृढीकरण गर्दै लैजाने कुटनैतिक सन्देश पनि मोदिले दिएका थिए।

छिमेकीलाई पहिलो प्राथमिकता दिने घोषणामात्र होईन सार्कका माध्यम क्षेत्रीय व्यापार एवं लगानीलाई समेत उत्तिकै महत्त्व दिने उद्धोस गरेका मोदिले घोषणा र बाचाअनुरुप काम पनि गरिदिएको भए भौगोलिक तनाव पनि कम हुँदै जानेथियो। यतिमात्र होईन, सार्कको निरन्तरता एवं सवलीकरणले चीनको अति महत्वाकांक्षी योजना बेल्ट एण्ड रोड इनिसिएटिव – बिआरआई (BRI) विस्तारको योजनासमेत ओझेलमा पर्नेथियो।

मोदिका प्रारम्भिक कदमहरु छिमेकी देशसंगको सम्बन्ध सुधार र सार्कलाई पुन: सुधृढिकरणतर्फ चालिए। जसअन्तर्गत उनले प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै छिमेकी देशलाई पहिलो प्राथमिकता नितिअन्तर्गत पहिलो बिदेश भ्रमण भुटानवाट शुरु गरे। उनको शंकास्पद भुटान भ्रमणको निहितार्थ असममा बिद्रोह गर्दैआएका नेपालीभाषी बिद्रोहीहरुको बिद्रोहलाई समाप्त पार्नु रहेको थियो। उनको भुटान भ्रमणको सन्देश असममा बिद्रोह गरिरहेका नेपालीभाषी हरुलाइ लुक्नको लागी विकल्पमा भुटानको भूमी उपलव्ध हुनेछैन र असममा बिद्रोह गरिराखेका बिद्रोहीका कारण भुटानलाई कुनै असर पर्नेछैन भन्ने सन्देश पनि थियो, जसमा भुटानसंग सफल सम्झौता गरेर पनि फर्किए। क्षेत्रीय सम्बन्ध सुधारको लागी मोदिले चालेको रणनितिअन्तर्गत्को उक्त सम्झौता कार्वान्ययनमा भने नयाँदिल्लीले देखाएको उदाशिनताका कारण नयाँदिल्ली- भुटानबिच मनमुटाव पनि रहंदै आएको छ। छिमेकीसंग सम्बन्ध सुधारको रणनिति अंगालेको भारत यता पाकिस्तानसंगको भने लगभग युद्धको स्थितिमा थियो। जुनसुकैबेला पनि भारत र पाकिस्तानबिच युद्ध हुनसक्ने तनाव आजसम्म पनि कायम रहिरहेको छ। भारत- पाकिस्तान सिमाक्षेत्रमा दिनहुँका फायरिङ्ग तथा भिडन्तले भारत- पाकिस्तानको सम्बन्धमा सुधार आऊने संकेत देखिंदैन। यता बंगलादेश भारतनिर्मित देश हो भन्ने भारतमा अहं रहेको पाईन्छ, जसका कारण भारतसंग बंगलादेशी नागरिक खुशी छैनन।

९ अगस्त २०१९ का दिन पाकिस्तानको क्वेटा शहरमा भारतविरुद्धको प्रदर्शनका क्रममा एक प्रदर्शनकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि र भारतीय झण्डालाई खुट्टाले कुल्चिएर प्रदर्शन गर्दै। तस्विर-बनारस खान/ एएफपी

नेपालको संसदले भर्खरै यौटा नयाँ नक्सालाई अनुमोदन गरेको छ, जुन जग्गा भारतले आफ्नो भन्दै दाबी गर्दैआएको थियो, उक्त भुभाग समेटिएको नयाँ नक्सा नेपालले सार्वजनिक गरेको छ। लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र ( जुन भारतले आफ्नो भन्दै दाबी गर्दै आएको थियो र उक्त स्थानमा भारतले कैलाश मानसरोवर जाने मोटरबाटोको समेत उद्द्घाटन गरेको थियो) समेटेर नेपालले तयार पारेको नयां नक्साको बिषयलाई लिएर अहिले नेपाल- भारत सम्बन्धमा तनावपूर्ण स्थितिको सृजना भएको छ। यता श्रीलंका र माल्दिव्स पनि बिस्तारै भारतको प्रभावक्षेत्रबाट बाहिरिंदै चीनको प्रभावमा आईसकेको अवस्था छ।

अफगानिस्तानमा प्रजातान्त्रिक संकट छ, जहाँ तालिवानीहरुले सत्तामाथी प्रभाव जमाऊँदैछन। तालीबानीहरु सत्तामा आऊनु भनेको अफगानिस्तानमा भारतीय लगानी र कुटनैतिक मेहनत दुबै फेल खानु हो।

समान्य मनमुटावबाहेक छिमेकी देशहरुमध्ये अझैपनि भारतसंग भुटानको राम्रो सम्बन्ध रहिआएको छ। त्यो पनि भुटानको चीनसंगको सिमाबिबादका कारण भारतको समर्थन भुटानलाई हुने अर्थमा भारत- भुटान सम्बन्ध सहज बन्दै आईरहेको हो।

मोदिले आफ्नो पहिलो कार्यकालदेखि नै छिमेकीसंगको सम्बन्ध सुधार गर्दै लैजाने रणनितिले किन फेल खायो त? छिमेकसंगको सम्बन्ध सुधारमा आफ्नो अधिकांश समय, ध्यान, उर्जा र बिदेश नितिमा खर्चिएका पहलहरु अखिर किन असफल हुँदै गए त? सम्बन्ध सुधारमा मोदिले सार्क राष्ट्रमात्र होईन, विश्वका धेरै देश र त्यहाँका प्रमूख नेताहरुसंग भेटवार्ता गर्दै आईरहेका छन र पनि भारतको बिदेश नितिले किन बारम्वार फेल खांदै गईरहेको छ त? कतै मोदिको अति महत्वाकांक्षा नै भारतको बिदेश निति फेल हुने र मोदि पतनको कारक त बन्दैछैन? या छिमेकि देशहरुमा आईपर्ने विषम परिस्थितिमा भारतको गलत नीति, रवैया र प्रभावमा पार्ने दाऊ नै भारतको बिदेश निति फेल हुने कारक त होईन? छिमेकी संकटमा पर्दा भारतका त्रूटिपूर्ण छनौटहरुले गर्दा नयाँदिल्लीले बिश्वास गुमाऊँदै लगेको त होईन? उदाहरणको लागि हेरौं- सन् २०१५ मा नेपालमा विनाशकारी भूकम्प आयो। भूकम्पमा भारतले दिल खोलेर सहयोग पनि गर्यो। भारतको उक्त सहयोगले गर्दा नेपाल- भारतबिचको भावनात्मक सम्बन्ध निकै सुदृढ पनि बनेर गयो। यद्यपि त्यस्तो भावनात्मक सम्बन्ध धेरै लामो समयसम्म भने टिक्न सकेन।

नेपालले संविधान जारी गर्दैथियो, काठमाण्डौले केहि मधेसवादी दलहरुको बिरोधको सामना गर्दैथियो। मधेसी दलहरुको बिरोधका माझ भारतले संविधानमा चित्त नबुझेको भन्दै नेपालमाथी नाकाबन्दि गरिदियो। नाकाबन्दिको असर नेपालको अर्थतन्त्रमा पर्यो, महंगी चरमचूलीमा पुग्यो। अत्यावश्यक सामाग्रीको हाहाकार भयो। फलस्वरुप नेपाली जनतामा भूकम्पताका बढेको नेपाल- भारत भावनात्मक सम्बन्ध र मोदिको नेपालमा बढ्दो लोकप्रियताको क्रेज जिरो ग्राऊण्डमा झर्यो। नेपालले चीनतर्फको विकल्पका तीन चरण पार गर्यो, नेपालमा भारतको बिदेश नितिले फेल खायो। बेलाबखत भारतद्वारा गरिने यस्ता गलत तथा बिबादित हर्कतहरुले गर्दा नै छिमेकहरु भारतसंग रुष्ट छन, जसको मूल्य भारतले निरन्तर चुकाऊनुपरेको छ- एएफपी

(गांगुली राजनीति विज्ञानका प्रतिष्ठित प्रोफेसर तथा रविन्द्रनाथ टैगोर सांस्कृतिक विश्वविद्यालयका अध्यक्ष हुन।)

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाईदिने `धन्दा´ नै चलाएर मोटो रकम असुल्दै आएका नेपालका हाईप्रोफाईल नेतादेखि कर्मचारीसम्म एकाएक मुछिएर आएपछि नेपालको राजनीति मात्र तरंगित बनेको

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८