संस्कृत विषय पनि पढाऔँ

जागरणपोस्ट २४ चैत्र २०७५, आईतवार ०९:०८

आमोद आचार्य –
सामुदायिक तथा निजी आवासीय विद्यालयहरूमा पनि सरल र उपयोगी संस्कृतभाषा पढाउन आवश्यक देखिन्छ। त्यसका निम्ति प्रधानाध्यापक, शिक्षक, अभिभावक, समाजसेवी तथा सञ्चालकहरूले प्रयत्न गर्नुपर्ने अवस्था देखिन्छ।

संस्कृतमा ज्ञान-विज्ञानका विविध विधाहरू छन्। नेपाली भाषाकाे जननी पनि यही भाषा हो। सनातन धर्म-संस्कृतिकाे निर्विकल्प भाषा समेत भएकाले संस्कृतकाे धेरै महत्त्व भएकाे कुरा यहाँ धेरै भनिरहनु नपर्ला। देववाणीजस्तो दिव्य र वैज्ञानिक भाषा पढ्न पाउने बालबालिका धेरै नै भाग्यमानी हुन्।

नयाँ पुस्ताका निम्ति संस्कृतकाे उपादेयता धेरै हुनाले संस्कृत पनि जान्न पाउनु उनीहरूकाे अधिकारसमेत हाे। देशकाे शिक्षानीतिले यस सुअवसरबाट नयाँ पुस्तालाई पूरै वञ्चित गराइराखेका अवस्थामा याे प्रयास अत्यन्त आवश्यक र सान्दर्भिक छ।

त्यसका निम्ति व्यावहारिकं संस्कृतम् नामका पाठ्यपुस्तक-शृङ्खलाका प्रथम द्वितीय र तृतीय पुस्तककाे पठनपाठन चलाउन हार्दिक अनुराेध गर्दछौं।

सरल सचित्र वाक्यहरू, कथा, निबन्ध, कविता, नीतिश्लाेक एवम् रूपावलीकाे समावेश भएका संस्कृत भाषाका यी क्रमबद्ध पाठ्यपुस्तकहरू बालबालिकाका निम्ति संस्कृत भाषा सिकाउन धेरै उपयाेगी छन् । यी पाठ्यपुस्तक परिशुद्ध र सुपथ मूल्यमा उपलब्ध छन्।

धर्म, संस्कृति, स्तोत्र, नीति, पौराणिक कथा, नीतिकथा, मौलिक ज्ञान-विज्ञान इत्यादि धेरै व्यवहारोपयोगी विषय समावेश गरेर तयार गरिएको सनातन हिन्दु धर्मसंस्कृति शिक्षा नामको नेपाली भाषाको बालपाठ्यपुस्तकबाट पनि केही संस्कृत र नेपाली भाषा सिकाउन सकिन्छ। यो पुस्तक नेपाली विषयका शिक्षकले पनि पढाउन सक्नुहुन्छ। यसैलाई संस्कृत सिकाउने पाठ्यपुस्तकका रूपमा पनि प्रयोग गर्न सकिन्छ।

तसर्थ यसतर्फ सबैले ध्यान दिनुहोला र आआफ्ना विद्यालयमा संस्कृत विषयको पठनपाठन गर्न छिट्टै अग्रसर हुनुहोला भनी हार्दिक अनुरोध गर्दछौं।

Facebook Comments

जागरण टिभी

सम्पादकीय

सबै हेनुर्होस

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

आज अन्तर्राष्ट्रिय महिला दिवस, महिला हकहित, सशक्तिकरण, लैंगिक विभेद एवं हिंसा अन्त्य एवं अधिकार प्राप्तीको सवालमा यस दिवसको अवसर पारेर अझ यौटा नयाँ मार्गको साझा

Subodh Regmi २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५